भाचोकमा अभिमुखीकरण
समाधान संवाददाता
२०८२ पुष १४ गते १२:१८

पोखरा ।
नेपाल परिवार नियोजन संघ कास्कीले कास्कीको मादी गाउँपालिका वडा नं १० स्थित भाचोकमा अभिमुखीकरण आयोजना गरेको छ ।
संघले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र आमा समूहको नेतृत्वका लागि परिवार नियोजन र यौन तथा प्रजनन् स्वास्थ्य विषयमा अभिमुखीकरण गरेको हो ।
ग्रामीण तथा दुर्गभ क्षेत्रलाई लक्षित गरी कार्यक्रम गरिएको सभापति नवीन सिग्देलले जानकारी दिए । भाचोक स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा ४० जनाको सहभागिता थियो ।
कार्यक्रममा भाचोक स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष नरबहादुर गुरुङले आफ्नो क्षेत्रमा कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे ।
नेपाल परिवार नियोजन संघ कास्की सभापति सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी, भाचोक स्वास्थ्य चौकीका प्रमुख दीपक तिवारी, स्टार्फ नर्स अन्जना भण्डारीले पनि बोलेका थिए ।
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया