राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर

राजनीतिमा नयाँ अनुहारहरु एकीकृत हुँदा चुनावी नतिजा सकारात्मक आउने सम्भावना रहन्छ, तर यो एकताको मूल ध्येय के हो भन्ने प्रश्न सबैभन्दा महत्त्वपूर्ण हुन्छ । के यो एकताको अन्तिम लक्ष्य केवल नेतृत्वको फेरबदल मात्र हो, वा सत्ता प्राप्ति पश्चात्को ठोस कार्ययोजना र पद्धतिगत रूपान्तरण यसको मूल मर्म हो र ?
कुन व्यक्ति सत्ताको बागडोरमा छ भन्ने कुरा भन्दा पनि उसले कुन पद्धति र भिजनका साथ काम गर्छ भन्ने कुराले राष्ट्रको भविष्य निर्धारण गर्छ। त्यसैले, नयाँ दलहरूले अब सतही र पपुलिस्ट नाराहरूभन्दा माथि उठेर जनतालाई विश्वसनीय, वैज्ञानिक र कार्यान्वयन योग्य कार्ययोजनाहरू प्रस्तुत गर्नु अनिवार्य छ। उनीहरूको साझा वैचारिक धरातल, सिद्धान्त र मूल्य-मान्यताहरू के हुन् भन्ने कुरामा स्पष्टता हुनुपर्छ, ताकि यो एकता पदको भागबन्डा नभई व्यवस्था रूपान्तरणको वास्तविक आधार बनोस्।
हालका राजनीतिक घटनाक्रम र सम्झौताहरूमा शक्ति सन्तुलनको एउटा व्यावहारिक पक्ष देखिएको छ। जहाँ एक पक्षसँग सुदृढ संगठनात्मक संरचना छ भने अर्को पक्षसँग लोकप्रियता छ। यो आपसी आवश्यकताको मिलनले एकातर्फ एउटालाई संसदीयदलको नेता रूपमा अगाडि सार्ने बाटो खोलेको छ भने अर्कोतर्फ दलको संगठनात्मक भविष्यलाई सुनिश्चित गरेको छ। तर, यो सहकार्यको दिगोपनमाथि प्रश्नहरू जीवितै छन्। यदि यो एकता सत्तामा पुग्ने दाउपेच मात्र बन्यो भने, भविष्यमा स्वार्थहरू बाझिँदा फेरि राजनीतिक अस्थिरता दोहोरिने जोखिम रहन्छ।
नयाँ दलहरु सामु रहेको अर्को ठुलो चुनौती भनेको बढ्दो व्यक्तिवादी प्रवृत्ति हो। यदि नयाँ दलहरूमा पनि विधि र पद्धतिभन्दा व्यक्ति वा समूहको स्वार्थ प्रधान हुन थाल्यो भने, नतिजा उही प्रवृत्तिको पुनरावृत्ति मात्र हुनेछ।
राजनीतिमा नयाँ अनुहारहरु देखिनु आफैँमा परिवर्तन होइनस वास्तविक परिवर्तन त तब मात्र सम्भव हुन्छ जब नेतृत्व फेरिएसँगै शासन गर्ने पद्धति, निर्णय प्रक्रिया र उत्तरदायित्वको संस्कार पनि रुपान्तरित हुन्छ।
राजनीतिक समस्या कुनै एउटा दल विशेषमा मात्र सीमित हुँदैन, बरु यो त प्रणालीलाई मिचेर व्यक्तिगत प्रभाव स्थापित गर्ने संस्कारमा निहित हुन्छ। यस्तो प्रवृत्ति नया दलका कार्यकर्ता र समर्थकहरूमा पनि सङ्क्रामक रूपमा फैलिरहेको देखिन्छ। नयाँ सोच भनिएका शक्तिहरुका समर्थकहरुमा पनि आलोचनात्मक चेतको कमी र आफ्ना नेताको अन्ध समर्थन गर्ने संस्कृति विकास हुनु चिन्ताको विषय हो।
नेतृत्व चाहे नयाँ होस् वा अनुभवी, यदि नागरिक र सञ्चारमाध्यमले उनीहरुलाई निरन्तर प्रश्न गर्न र जिम्मेवार बनाउन छोड्ने हो भने उनीहरु पनि ढिलोचाँडो पुरानै कार्यशैलीमा अभ्यस्त हुनेछन्। यसले पात्र त फेर्ला, तर शासन गर्ने प्रवृत्ति र पद्धतिमा कुनै तात्विक परिवर्तन ल्याउने छैन। त्यसैले, नयाँ दल आउने भनेको एउटा सुरुवात मात्र होस् उनीहरुको वास्तविक परीक्षा त दल भित्रको लोकतन्त्र, शासन सञ्चालनको कुशलता र जनतालाई दिएका वाचाहरुको कार्यान्वयनमा देखिनेछ।
नयाँ दलको यात्रा खाली सत्ता प्राप्तिको औजार मात्र नभई, देशको समग्र रूपान्तरणको एउटा इमानदार र दीर्घकालीन दस्तावेज सावित हुनुपर्दछ। नेपाली राजनीतिमा सम्झौता र सहकार्यका बाचाहरु कयौ पटक भएका छन्। यो सम्झौता त्यस्तै अर्को फगत सम्झौता मात्र नहोस्।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया