‘स्मृतिका बिम्बहरु’ सार्वजनिक

पोखरा ।
पूर्व उच्च अदालतका न्यायाधीश एवं लेखक विनोदमोहन आचार्यको कृति ‘स्मृतिका विम्बहरू’ शुक्रबार विमोचन गरिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयको प्रांगणमा आयोजित समारोहमा संस्कृतिविद् डा. जगमान गुरुङसहितका अतिथिले कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् ।
विमोचन समारोहमा प्रमुख अतिथि डा. गुरुङ, नेपाल सरकारका पूर्वसचिव डा. बाबुराम आचार्य र माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ सहभागी थिए ।
विमोचित कृतिमा लेखक आचार्यको करिब ३९ वर्ष लामो न्याय सेवाको अनुभव, सामाजिक अनुभूति र साहित्यिक संवेदना समेटिएको छ । पुस्तकमा अग्रजहरूप्रतिको श्रद्धा, पितृभक्ति, गाउँको इतिहास, सांस्कृतिक परिचय तथा सामाजिक मूल्यमान्यताको गहिरो अभिलेखन गरिएको छ ।
कार्यक्रममा वक्ताहरूले कृतिले भावी पुस्तालाई आफ्ना पुर्खा, थातथलो र सांस्कृतिक पहिचानप्रति सजग बनाउने विश्वास व्यक्त गरे। उनीहरूले लेखकको साहित्यिक र सामाजिक योगदानको प्रशंसासमेत गरे। लेखक आचार्यले माछापुच्छ्रे माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका लागि पारिवारिक रूपमा जग्गादान गरेर समाजप्रतिको उत्तरदायित्व निर्वाह गरेको विषयलाई वक्ताहरूले स्मरण गरेका थिए ।
कार्यक्रममा स्रष्टा धर्मराज थापाका सुपुत्र मदन थापा र गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए। ढाकामोहन आचार्यकी नातिनी प्रभा आचार्यले स्वागत गरेको कार्यक्रममा लेखकको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरिएको थियो ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया