शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज

पोखरा । शिवशक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुबराज बास्तोला ‘विशाल’ ले क्याम्पसमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन्। दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित उनले आइतबार आयोजित पदस्थापन समारोहमा यस्तो प्रतिबद्धता जनाएका हुन्। कामना बैंकका पूर्व महाप्रबन्धक एवं पूर्व प्रदेश प्रमुख समेत रहेका उनको बैंक, वित्तीय संस्था, शिक्षा र सामाजिक क्षेत्रमा राम्रो पहुँच छ।
उनले विद्यार्थी माझ उत्कृष्ट नतिजा ल्याउनेलाई बैंक, वित्तीय संस्था, बिमा कम्पनी र शैक्षिक संस्थामा इन्टर्नसिप र रोजगारीको अवसर मिलाइदिने बताए। क्याम्पसले ‘पढ्दै कमाउँदै रमाउँदै’ भन्ने अभियान अघि सारेको उल्लेख गर्दै उनले छात्रवृत्ति, जब प्लेसमेन्ट र इन्टर्नसिपमा कलेजले सहजीकरण गर्ने वाचा गरे। उनले विद्यार्थीलाई रोजगारीका लागि बाहिर जान नपर्ने वातावरण मिलाउने दाबी गरे। आगामी कार्यकालमा क्याम्पसको शैक्षिक गुणस्तर सुधार, संस्थागत सुशासन, पारदर्शिता, आर्थिक अनुशासन र विद्यार्थी हितलाई प्रमुख प्राथमिकतामा राख्ने उनले बताए। कलेजलाई ‘क्यूएए’ मा लैजान आवश्यक प्रक्रियाको अध्ययन सुरु गरिएको उनले जानकारी दिए।
पोखरा ११ फूलबारीस्थित क्याम्पसको १७ औं क्याम्पस सभा तथा सातौं अधिवेशनले गत महिना उनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो। समितिका सदस्यमा रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, रमेशराज बास्तोला, सरस्वती भण्डारी, डा. तुलसी प्रभास खनाल, कृष्णमान श्रेष्ठ र गणेशबहादुर कार्की छन्। सदस्य सचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, प्राध्यापक तर्फबाट सूर्यप्रसाद घिमिरे र लीलावती पनेरु मनोनीत भएका छन्। पदेन सदस्यमा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपाने र त्रिवि प्रतिनिधि विकास थापा छन्। नयाँ सञ्चालक समितिलाई प्रमुख निर्वाचन अधिकृत रोहितराज बास्तोलाले पद तथा गोपनीयताको शपथ गराए।
सोही अवसरमा बिबिएस र बिएड प्रथम वर्षका नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो। वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, नवनिर्वाचित अध्यक्ष टुबराज बास्तोला, पूर्व अध्यक्षहरू माधवप्रसाद बास्तोला र दामोदर बास्तोलाले विद्यार्थीलाई स्वागत गरे। पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राध्यापक तीर्थराज अर्याल र प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपाने लगायतले विद्यार्थीलाई फूलगुच्छा, कापी र कलम दिएर स्वागत गरे। प्रमुख अतिथि कर्माचार्यले विद्यार्थीलाई अनुशासनमा रहन र पढाइमा ध्यान दिन सुझाव दिए। क्याम्पस प्रमुख रेग्मीले स्वागत मन्तव्य राख्दै नयाँ समितिलाई बधाई दिए। कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य अधिवक्ता कमल थापा र निवर्तमान सहायक क्याम्पस प्रमुख रमेश थापाले संयुक्त रूपमा गरे। समारोहमा विद्यार्थी सलिना नौवाग, निरुता नौवाग र निरु परियारले नृत्य प्रस्तुत गरेका थिए।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया