आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण

पोखरा । पोखराका ४ वटा वाणिज्य बैंकले जिल्ला मालपोत कार्यालय कास्कीलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेका छन्। गत २४ भदौमा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछि सेवा प्रवाह सहज बनाउन बैंकहरूले सोमबार सामग्री हस्तान्तरण गरेका हुन्।
मालपोतको कामकारबाहीलाई छिटोछरितो बनाउन नबिल बैंक, सिटिजन्स बैंक र ग्लोबल आइएमई बैंकको तर्फबाट २ थान कम्प्युटर तथा हिमालयन बैंकको तर्फबाट १ थान कम्प्युटर र प्रिन्टर उपलब्ध गराइएको छ।
आन्दोलनका क्रममा मालपोत कार्यालयका फर्निचर र कम्प्युटरसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएका थिए। आगजनीपछि ठप्प भएको सेवा सुचारु गर्न पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा सहजीकरण समिति गठन गरी सहयोग अभियान थालिएको थियो। सोही अभियानअन्तर्गत संघको आग्रहमा बैंकर्स एसोसिएसन गण्डकीमार्फत यो सहयोग जुटेको हो।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की, महासचिव शोभा गौतम, बैंकर्स एसोसिएसन गण्डकीका अध्यक्ष हरि ढकाल, नबिल बैंकका गण्डकी प्रादेशिक प्रमुख निराजन भण्डारी, सिटिजन्स बैंकका प्रदेश प्रमुख हरि घिमिरे, ग्लोबल आइएमई बैंकका प्रदेश प्रमुख सुशोभन देवकोटा, हिमालयन बैंकका प्रदेश प्रमुख रवीन्द्रभक्त श्रेष्ठ लगायतले मालपोत कार्यालय कास्कीका प्रमुख कालीबहादुर भुजेललाई ती सामग्री हस्तान्तरण गरे।
कार्यक्रममा मालपोत प्रमुख भुजेलले जलेका भौतिक संरचना पुनर्निर्माण हुन समय लाग्ने भए पनि दैनिक सेवा प्रवाहमा कमी हुन नदिएको बताए। यसअघि लेखापढी व्यवसायी, गण्डकी आवास तथा घरजग्गा व्यवसायी समिति लगायतका संस्थाले पनि कार्यालय मर्मत र फर्निचर व्यवस्थापनमा सहयोग गरेका थिए।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया