रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सोमबार मध्यराति रास्वपाका नेताहरू बन्दसूची बोकेर आयोग पुगेका हुन्।
सोमबार नै रास्वपा सभापति रवि लामिछाने, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच चुनावी तालमेल गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार रवि, कुलमान र बालेनले रास्वपाबाटै चुनाव लड्ने निर्णय गरेका हुन्।
सहमतिअनुसार समानुपातिकतर्फ कुलमान घिसिङको समूहले १८ र बालेन शाहको समूहले ४० सिट पाएका छन्। रास्वपाले तयार पारेको बन्दसूचीमा खेलकुद, कला र सामाजिक क्षेत्रका चर्चित अनुहारहरू समेटिएका छन्।
रास्वपाको समानुपातिक सूचीमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लदेखि चर्चित गायक प्रकाश सपूतसम्मको नाम समावेश छ। यस्तै, आसिफ शाह, अभिनेत्री रिमा विश्वकर्मा, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, समीक्षा बास्कोटा, रन्जु दर्शना र प्रमोद न्यौपाने पनि समानुपातिक उम्मेदवारको सूचीमा परेका छन्।
पार्टीले पछिल्लो आन्दोलन र परिवर्तनमा सक्रिय भूमिका खेलेको ‘जेन–जी’ (नयाँ पुस्ता) लाई पनि समानुपातिक सूचीमा प्राथमिकताका साथ समावेश गरेको जनाएको छ।












फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया