फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)

समाधान संवाददाता २०८२ पुष १५ गते ७:२५

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ ६४ दलले बन्दसूची पेस गरेका छन्। निर्वाचन आयोगका अनुसार ५८ वटा निर्वाचन चिह्नमा ३ हजार ४२४ जना उम्मेदवारको नाम दर्ता भएको छ।

Advertisement

आयोगको विवरणअनुसार २२ वटा राजनीतिक दलले समानुपातिकतर्फका सबै ११० सिटमा उम्मेदवारी दिएका छन्। बाँकी दलले भने न्यूनतम ११ देखि १०१ जनासम्मको बन्दसूची बुझाएका छन्। बन्दसूची पेस गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र अन्तिम दल नेपाली कांग्रेस रहेको आयोगले जनाएको छ। ६ वटा दलले कानुनअनुसार बुझाउनुपर्ने न्यूनतम ११ जनाको मात्र सूची पेस गरेका छन्।

१० दलको संयुक्त उम्मेदवारी
निर्वाचनमा १० वटा साना दलले ४ वटा संयुक्त निर्वाचन चिह्नमा भाग लिएका छन्। आम जनता पार्टी र जनादेश पार्टी नेपालले ‘मोबाइल’ चिह्न लिएका छन्। सचेतक नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले ‘सिंह’, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले ‘जाँतो’ तथा नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टी नेपालले ‘बस’ चिह्नमा उम्मेदवारी दिएका छन्।

Advertisement

कुन दलका कति उम्मेदवार ?

११० जना (पूर्ण सूची) बुझाउने दलहरू :

Advertisement
  • नेपाली कांग्रेस
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
  • नेकपा (एमाले)
  • नेकपा (माओवादी)
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
  • राष्ट्रिय प्रजातान्त्रिक पार्टी
  • जनमत पार्टी
  • लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
  • नेकपा (माले)
  • नेपाल मजदुर किसान पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • नेपाली कम्युनिस्ट पार्टी (संयुक्त)
  • मंगोल नेसनल अर्गनाइजेसन
  • नेपाल सद्भावना पार्टी
  • संसदीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
  • श्रम संस्कृति पार्टी
  • मितेरी पार्टी नेपाल
  • नेपाली जनता दल
  • प्रगतिशील लोकतान्त्रिक पार्टी
  • एकल चिह्न मोबाइल (आम जनता पार्टी र जनादेश पार्टी नेपाल)
  • एकल चिह्न जाँतो (राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल)
  • एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टी नेपाल)

१०१ देखि ५० जनासम्म बुझाउने दलहरू :

  • जनता समाजवादी पार्टी, नेपाल : १०१ सिट
  • संयुक्त नागरिक पार्टी : ६१ सिट
  • नेपाल जनता पार्टी : ६० सिट
  • जय मातृभूमि पार्टी : ५५ सिट

४९ देखि २५ जनासम्म बुझाउने दलहरू :

  • राष्ट्रिय परिवर्तन पार्टी : ४९ सिट
  • राष्ट्रिय उर्जाशील पार्टी नेपाल : ४६ सिट
  • नेपालको लागि नेपाली पार्टी : ४३ सिट
  • प्रजातान्त्रिक पार्टी नेपाल : ४१ सिट
  • राष्ट्र निर्माण पार्टी नेपाल : ३५ सिट
  • राष्ट्रिय एकता दल : ३२ सिट
  • समावेशी समाजवादी पार्टी : ३१ सिट
  • नेसनल रिपब्लिक नेपाल : २९ सिट
  • सार्वभौम नागरिक पार्टी : २8 सिट
  • राष्ट्रिय मुक्ति आन्दोलन नेपाल : २७ सिट
  • नागरिक शक्ति नेपाल : २५ सिट
  • जनता लोकतान्त्रिक पार्टी, नेपाल : २५ सिट
  • राष्ट्रिय गौरव पार्टी : २५ सिट
  • एकल चिह्न जकर भएको सिंह (सचेतक नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल) : २५ सिट

२४ देखि ११ जनासम्म बुझाउने दलहरू :

  • त्रिमूल नेपाल : २३ सिट
  • उन्नत लोकतन्त्र पार्टी : २२ सिट
  • नेकपा मार्क्सवादी (पुष्पलाल) : २० सिट
  • नेपाल मातृभूमि पार्टी : २० सिट
  • बहुजन शक्ति पार्टी : २० सिट
  • पिपुल फस्ट पार्टी : १८ सिट
  • नेपाल जनता संरक्षण पार्टी : १७ सिट
  • नेपाल लोकतान्त्रिक पार्टी : १२ सिट
  • जनप्रिय लोकतान्त्रिक पार्टी : १२ सिट
  • समावेशी समाजवादी पार्टी नेपाल : १२ सिट
  • राष्ट्रिय जनता पार्टी नेपाल : १२ सिट
  • गतिशील लोकतान्त्रिक पार्टी : ११ सिट
  • राष्ट्रिय जनमुक्ति पार्टी : ११ सिट
  • नेपाल जनमुक्ति पार्टी : ११ सिट
  • स्वाभिमान पार्टी : ११ सिट
  • जनअधिकार पार्टी : ११ सिट
  • नेपाली कांग्रेस (बिपी) : ११ सिट
  • नेपाली जनश्रमदान संस्कृति पार्टी : ११ सिट

तपाईको प्रतिक्रिया