दुर्घटना घटाउन पहल

समाधान संवाददाता २०८२ पुष १५ गते १२:१२

पोखरा ।
सवारी दुर्घटना न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले पृथ्वीचोकमा पैदलयात्री सुरक्षा कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा बढ्दो क्रममा रहेको सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न र दुर्घटनाबाट हुन सक्ने मानवीय क्षति कम गर्न कार्यक्रम गरिएको हो ।

Advertisement


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न कार्यक्रमको महत्व रहेको बताए । उनले जिल्ला प्रहरी कार्यालय कास्कीले लागू गरेको सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी कार्ययोजना २०८२ अन्तर्गत सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा कार्यक्रम गरेको जानकारी दिए ।


उनले ट्राफिक नियम कार्यान्वयन गर्न र सवारी दुर्घटनाको न्यूनिकरण गर्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने चर्चा गरे । सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष कुमारी मुना बास्तोलाले पृथ्वीचोकका स्थानीय बासिन्दा तथा पैदलयात्रीलाई लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम गरेको बताइन् ।

Advertisement


तीव्र गतिमा सवारी चलाउदा बढी दुर्घटना हुने सक्ने उल्लेख गर्दै उनले जेब्राक्रसबाट मात्र बाटो काट्न पैदलयात्रीलाई सुझाव दिइन् । रजत वर्षको सन्दर्भमा विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरेको जानकारी दिँदै उनले ट्राफिक व्यवस्थापनको लागि स्वयंसेवक परिचालनमा ध्यान दिएको उल्लेख गरिन् ।


‘विकृति, विसंगतिरहित समाजको निर्माण, सामुदायिक सेवा केन्द्रको अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक सुजितकुमार देवकोटा, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका निवर्तमान अध्यक्ष कमलबहादुर श्रेष्ठ, उपाध्यक्ष उत्तम जोशी, सचिव तीर्थ शर्मा ढकाल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया