‘निर्वाचनको विकल्प छैन’

पोखरा।
गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशले सोमबार सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया तथा जेन्जी र युवाको राजनीतिक सहभागिता विषयक अन्तर पुस्ता संवाद कार्यक्रम गरेको छ ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका लागि सुधार गर्नुपर्ने कानुनी तथा नीतिगत सवाल तथा अधिवक्ता गिरीधारी सुवेदीले सुशासन, भ्रष्टाचार नियन्त्रण, जेन्जी आन्दोलनको असर र प्रभाव विषयमा कार्यपत्र पेश गरे ।
समारोहमा प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशका प्रमुख निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचन आयोग आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सम्पूर्ण रुपमा तयारीका साथ लागेको बताए । संघीय सरकारले निर्वाचनको घोषणा गर्ने जानकारी दिँदै उनले निर्वाचन आयोगले कार्यतालिका अनुसार काम गर्ने चर्चा गरे ।
‘तोकिएको मितिमा निर्वाचन गर्नु पर्छ । निर्वाचन गर्नु वाहेकको विकल्प छैन,’ उनले भने, ‘पछिल्लो समयमा निर्वाचनको वातावरण बन्दै गएको छ ।’ गैसस महासंघ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष सुवेदीले भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए । उनले सुशासन प्रवद्र्धनका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको दाबी गरे ।
इगभर्नेन्स सेवा विस्तार गर्नुपर्ने खाँचो आंैल्याउँदै उनले सार्वजनिक सेवामा सबै काम अनलाइन प्रणालीबाट गर्ने परिपाटीको विकास भए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले अख्तियार दुरुपयोग अनुन्धान आयोगलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने बताए । उनले सार्वजनिक खरिद ऐनमा सुधार गर्नुपर्ने माग गरे ।
अधिवक्ता सुवेदीले जेन्जी विद्रोहलाई राजनीतिक रुपमा वैधता दिन चुनाव आवश्यक भएको बताए । नेपाल प्रहरीका लुटिएका हात हतियार फिर्ता नभएको उल्लेख गर्दै उनले फरार कैदी तथा बन्दीको कारण निर्वाचनमा सुरक्षा चुनौती थपिएको जानकारी दिए । मतदाता तथा राजनीतिक दललाई विश्वस्त र आश्वस्त पार्ने काम सरकारको भएको चर्चा गर्दै उनले चुनाव बाहेकको दोस्रो विकल्प नभएको तर्क गरे ।
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, नेपाली कांग्रेस गण्डकी प्रदेश समिति कार्यसम्पादन समितिका सदस्य तथा भातृ संस्था समन्वय विभागका प्रमुख अजित क्षत्री, राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका सचिव बरुणविक्रम राणा, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख सहसचिव नीतु गर्तौला, प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्की, गैसस महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र शर्मा, महासंघ नेपालका केन्द्रीय सल्लाहकार विना सिलवाल, महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी, उपाध्यक्ष बद्रीनाथ नेपाल, सचिव नारायण पौडेल, पृथ्वी नारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रश्वर कोइराला, जेन्जी टु जिरो गण्डकी प्रदेश संयोजक सञ्जय सुवेदी, जेन्जी कास्कीका प्रतिनिधि सञ्जय यादव लगायतले निर्वाचनबारे बोलेका थिए ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया