ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसीलाई समानुपातिक उम्मेदवारको बन्द सूचीमा राख्ने निर्णय आफ्नो चाहना र प्रयास विपरित भएको बताएका छन्। थापाले आफ्नो भूमिकामा केसीलाई समानुपातिकमा राखिएको भन्ने हल्लाको खण्डन गर्दै सामाजिक सञ्जालमार्फत यस्तो प्रष्टीकरण दिएका हुन्।
‘मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ, म स्पष्ट पार्न चाहन्छु— यो मेरो चाहना विपरित हो’, थापाले भनेका छन्, ‘मेरो अनुरोध र हरसम्भव प्रयास विपरितको निर्णय हो।’ थापाका ससुरा समेत रहेका केसी र उनको राजनीतिक दृष्टिकोण कहिलेकाहीँ बाझिने गरेको उनले उल्लेख गरे। थापाले कुनै समय पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र संकल्पसहित आफू र केसी चुनाव लडेको प्रसंग समेत उल्लेख गरेका छन्। यसपटक पनि अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा मत भिन्नता रहेको उनले बताए।
कांग्रेसभित्र समानुपातिक उम्मेदवारको सूचीलाई लिएर यतिबेला असन्तुष्टि चुलिएको छ। पार्टी विधान अनुसार संसदीय बोर्डबाट उम्मेदवार छनोट हुनुपर्नेमा कार्यसम्पादन समितिले सूची फाइनल गरेर निर्वाचन आयोगमा बुझाएपछि विवाद बढेको हो। कार्यसम्पादन समितिले एकलौटी ढंगले सूची बुझाएको भन्दै पार्टीभित्रका विभिन्न समूहले विरोध गरिरहेका छन्। यही विवाद र आशंकाका बिच महामन्त्री थापाले आफ्नो प्रष्टीकरण सार्वजनिक गरेका हुन्।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया