ताल बाराही स्कुल ६८ वर्षमा

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ६ बैदाममा अवस्थित ताल बाराही माविको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार भएको छ । कार्यक्रममा पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले शिक्षाको विकास विना केही पनि कल्पना गर्न नसकिने जनाए ।
समय सापेक्ष शिक्षा आजको आवश्यकता भएको बताउँदै उनले विद्यार्थीलाई गुणस्तरीय र व्यावहारिक शिक्षा प्रधान गरी दक्ष, सक्षम र नैतिकवान् नागरिक तयार गर्नु सबैको जिम्मेवारी र दायित्व रहेको औंल्याए । अध्यक्ष भट्टराईले सार्वजनिक शिक्षाको रूपान्तरण, वातावरणमैत्री हरित शैक्षिक संस्थाको निर्माण, गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, अनुसन्धान र ज्ञानमा आधारित उच्च शिक्षा दिनुपर्नेमा जोड दिएका थिए ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानध्यापक ताराप्रसाद पोखरेलले प्रविधियुक्त गुणस्तरीय शिक्षा सहितको अव्यवहारिक, प्रयोगात्मक प्रणाली बनाउने संकल्प पूरा गर्न निरन्तर अगाडि बढ्नेमा जोड दिए । पोखरेलले सिकाइमा प्रविधिको प्रयोग, निरन्तर अभ्यास र परियोजनामा आधारित सिकाइ र मूल्यांकन तथा असुविधायुक्त भौतिक र शैक्षिक वातावरण तयार गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालयको मुख्य ध्येय रहेको स्पष्ट पारे ।
२०१४ सालमा स्थापित विद्यालयमा हाल सम्म ७ सय १२ जना विद्यार्थी छन् । विद्यालयमा शिक्षक र कर्मचारी गरी ४७ जना कार्यरत छन् । हालसम्म ४१ जना अक्षयकोषदाताले ३९ लाख १५ हजार ५ सय ३८ रुपैयाँ अक्षयकोषमा जम्मा गरेको प्रधानाध्यापक पोखरेलको प्रतिवेदनमा उल्लेख छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्दराज पहारीले कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, होटेल म्यानेजमेन्ट विषय पठनपाठन गरिरहेको भन्दै यो शैक्षिक क्षेत्रको विकासमा लाग्ने जनाए । एसइई परीक्षालाई मध्यनजर गर्दै कक्षा १० मा अध्ययन गर्ने छात्र र छात्रा का लागि २ वटा छात्रवास हाल निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको बताउँदैउनले उक्त निर्माण पूरा भएपछि शैक्षिक गुणस्तर र भौतिक सुविधाका दृष्टिले विद्यालयको व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापकद्वय द्रोणराज भुर्तेल र सहायक प्रधानध्यापक यदुराज पोखरेल, व्यवस्थापन समितिका पूर्वअध्यक्ष पर्शुराम पहारी, पोखरा महानगर पालिका शिक्षा महाशाखा अधिकृत रामप्रसाद तिवारी, बालहितकारी परियोजना नेपालका अध्यक्ष रामप्रसाद शर्मा, अभिाभावक शिक्षक संघका अध्यक्ष मुक्तिराम पौडेल लगायतले बोलेका थिए ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया