पोखरा महोत्सव पुस २९ गतेदेखि हुने

पोखरा ।
युनाईटेड क्लवको आयोजनामा १४ औँ संस्करणको पोखरा महोत्सव हुने भएको छ । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ हुन लागेको महोत्सव पुस २९ गतेदेखि माघ ११ गतेसम्म चल्नेछ ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन गरि देशको आर्थिक समृद्धिमा सहयोग पुर्याई रोजगारी सिर्जना गर्ने उद्धेश्यलले महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक दिनेश सुनारले बताए । महोत्सवमा २ लाख २० हजारदर्शक आउने अनुमान गरिएको उनको भनाइ छ ।
‘महोत्सवमा विभिन्न जाती, जनजाती कला संस्कृतीको प्रदर्शनी एवं जानकारी दिइनेछ । हस्तकला सामानहरुको प्रदर्शनी तथा विक्री गरिने, पर्यटन प्रवद्र्धनका सामाग्रीको प्रदर्शन तथा जानकारी दिइनेछ,’ उनले भने ।
महोत्सवमा २ सय ५० स्टल रहनेछन् । महोत्सवमा फरक क्षमता भएका, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक, ५ वर्ष मुनिका बालवालिकाहरुले निःशुल्क प्रवेश पाउनेछन् ।
कार्यक्रममा रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, शान्तारानी परिवार, अस्मिता अधिकारी लगायतको प्रस्तुती रहनेछ । कन्सर्टतर्फ पूर्ण राई, डि मर्चा, लेकाली, जेम्सी, सविन राई, भिटेन, लाहुरे, टुकी लगायतले प्रस्तुती राख्नेछन् ।
क्लबले पोखरा २७ अर्चललेमा युनाईटेड छात्राबास निर्माण गर्न लागेको क्लबका पूर्वअध्यक्ष राजु श्रेष्ठले बताए । महोत्सवबाट हुने आम्दानीले भवन निर्माण गरिने उनको भनाइ छ ।
अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले विद्यालयको गतिविधिमा असर नपुग्ने गरि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । क्लबले विद्यालयलाई विभिन्न सहयोग गरेको बताउँदै विद्यालयको जग्गा संरक्षणमा पनि सहयोग गरेको कोइरालाले बताए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले उद्देश्यकेन्द्रित कार्यक्रम आयोजना गर्न आग्रह गर्दै कार्यक्रमको उद्देश्य पुरा भए नभएकोप्रति आयोजकले आत्ममुल्यांकन गर्न आवश्यक रहेको बताए । उनका अनुसार कार्यक्रमले व्यवसायलाई साँच्चै चलायमान बनाएको छ कि छैन, स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा कति योगदान पुगेको छ भन्ने जस्ता पक्षमा आयोजकले गहिरो ध्यान दिन जरुरी छ ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया