पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा पुस २३ गते हुने एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ लाई पोखराको हिमश्री फुड्स प्रालिको रारा चाउचाउले साथ दिएको छ । काठमाडौं बाहिर पहिलोपटक आयोजना हुन लागेको अवार्डमा पोखराका उद्योगीहरूले साथ दिने क्रममा हिमश्री फुड्स पनि जोडिएको हो ।
अवार्ड सहकार्य सम्बन्धी सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष नीरञ्जन अधिकारी र हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसीले हस्ताक्षर गरेका छन् । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको अवार्ड कार्यक्रममा रारा चाउचाउको सहभागिताले स्थानीय उद्योग र खेलकुदबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको आयोजकको भनाइ छ । हिमश्री फुडको रारा चाउचाउ सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा गोल्डकप फुटबलको २५ वर्षदेखि निरन्तरको प्रमुख प्रायोजक हो । नेपालमा एउटै संस्थासँग यति लामो प्रायोजन सहकार्य भएको यो पहिलो प्रायोजक संस्था पनि हो ।
नेपाल खेलकुद पत्रकार मञ्चले स्पोट्र्स अवार्डसँगै एनएसजेएफ स्पोट्र्स समिटको पनि आयोजना गर्दैछ । उक्त समिट अवार्डको अघिल्लो दिन पुस २२ गते हुनेछ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने ‘पावर्ड बाई’ मा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्र्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् ।
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिनेछ । खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ ।
मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा चर्चासँगै डिजिटल वालेट खल्तीमार्फत भोटिङ पनि भइरहेको छ । कार्यक्रम सफल पार्न नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था सहसंयोजक रहेको मूल आयोजक समिति गठन गरिएको छ ।









पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
लिचिबारी जग्गा घोटाला : पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया