‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ

समाधान संवाददाता २०८२ पुष १६ गते १९:१७

Advertisement

पोखरा । ‘डार्क फाइल’ का नामले परिचित नक्कली अडियो प्रकरणमा जेल सजाय काटिरहेका बेला फरार भएका प्रतिवादी राजकुमार तिमल्सिना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधबार कास्कीको पोखराबाट नियन्त्रणमा लिएको हो ।

न्यायाधीशहरुको मानमर्दन हुने गरी नक्कली अडियो बनाएर सार्वजनिक गरेको अभियोगमा तिमल्सिना यसअघि नै दोषी ठहर भएका थिए । उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत ६ महिनाको जेल सजाय तोकिएको थियो । केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको अवस्थामा उनी ‘जेनजी’ आन्दोलनका क्रममा जेल ब्रेक गरेर फरार भएका थिए ।

Advertisement

प्रहरीले उनलाई पोखराबाट नियन्त्रणमा लिएर काठमाडौं पठाउने तयारी गरेको छ । फरार रहेकै समयमा पनि उनले विभिन्न न्यायाधीशहरुमाथि भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेख्दै आएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया