
आरके पोख्रेल
जेन्जीको नाममा भएको विध्वंसपछि नेपाली राजनीति नै तरल अवस्थामा पुगेको छ । असल माग राखेर जेन्जी भाइबहिनीहरूले गरेका सुशासनका कुरा मनासिब नै भए तापनि जेन्जीको नाममा जुन खालको विध्वंस भयो, त्यो नेपाल र नेपाली जनतालाई किमार्थ स्वीकार्य छैन, कुनै दिन यसको उजागर होला नै । विशेषतः जेन्जी आन्दोलनपछि राजनीतिक दलका कतिपय कार्यकर्ताहरू घरबारविहीनताको अवस्थामा नै पुगे, सामान्य बाँच्न पाउने अधिकारसमेत कुण्ठित गरी जिउँदै जलाउनेसम्मको हर्कतको कदापि क्षमा हुने छैन । हाल बालेन र रविको मिलाईको विषयमा अन्य राजनीतिक दललाई गरिएको व्यंग्य जुन छ, त्यो किमार्थ सत्य होइन । सत्य त के रहेछ भने जेन्जी आन्दोलनको जिम्मा लिने जुन निर्णय गरे भनेपछि अब सिंहदरबार कसका कारण जल्यो ? सर्वोच्च अदालत किन जलाइयो ? यी यावत प्रश्नहरूको जवाफ मिलेको छ ।
तिम्रा जसरी उत्पत्ति उसै गरी मिलन अनि पतन निश्चित नै छ – मिलेको देखेर डराए भन्नुको कुनै तुक छैन !
कथा कहाँबाट सुरु हुन्छ भने एकादेशमा……. सरकारी गाडीमा सयर गरेर कुदिरहेका भेटेपछि पुलिसले सोधपुछ गर्दा– ‘सिंहदरबार जलाउँछु’ भनेर दिएको अभिव्यक्ति फेसबुकमा राखिएको स्टाटस तिमीले भुल्यौ होला तिमीबाहेक अरूले कदापि भुलेका छैनन्, हरियो डलरको लोभमा देशको सार्वभौमसत्तालाई जलाएर खरानीको टिकोमा रमाउनेहरू कुनै दिन कर्मको फल भोग्नैपर्ने छ, चिन्ता छैन लिइने पनि छैन– अर्को कुरा सिंहदरबार नै जलाउनेलाई किन छिर्नुपर्यो सिंहदरबार भनिने पनि छैन, अनि मिलाई जो छ नि बुझिएकै छ त – मुकुल ढकालहरूले भनेजस्तै प्रधानमन्त्री पद पाए भारतलाई देश चढाउनेहरूसँगको मिलाई दीर्घकालीन नै होस् हाम्रो शुभकामना नै छ । अनि स्वघोषित विश्व विजेता नै भए पनि गृहमन्त्री बन्दाको संगत हामीसँग पनि छ, त्यसैले खुट्टीको भेउ छ नै अहिलेलाई शुभकामना छ – जेलबाट निस्कँदा नै प्रधानमन्त्री बन्ने रहर जागेकाले टोकरीमा अरूलाई प्रधानमन्त्री पनि दिए त है ?
प्रधानमन्त्री पद देशमा आगो लगाएर आउँदैन भन्ने ज्ञान पहिल्यै प्राप्त भएको भए नि देश जल्दैनथ्यो होला नि ? अनि चुनाव लडेर त्यहाँ पुगेपछि आफू प्रधानमन्त्री बनिएन भने फेरि आगो लगाउने त होला नि ? स्थानीय तहको प्रमुख हुँदा कार्यसम्पादन कस्तो रह्यो रे साँच्चै ?
म भए ठीक अरू भए बेठीक भन्ने जुन कुरा छ, संसारबाट आफू स्वघोषित विशेष भन्ने जुन अहम् छ, कुनै दिन उदाङ्गो बन्ने नै छ । सामाजिक सञ्जालमा कसैले व्यक्तिगत विचारसम्म राख्दा परिवारका सदस्यसँग सँगै बसेर कमेन्ट पढ्नसम्म नमिल्ने तिम्रा कार्यकर्ताहरूले पार्टी छोडेर भागिसके कि त्यतै छन् कुन्नि ?
‘सिंहदरबार जलाउँछु’ भनेर दिएको अभिव्यक्ति फेसबुकमा राखिएको स्टाटस तिमीले भुल्यौ होला तिमीबाहेक अरूले कदापि भुलेका छैनन्
भगवान् राम र श्रीकृष्णको मिलाई हो र चिन्ता ? जलाउने र ठग्नेको मिलाई अनि गन्तव्य । सिद्धान्तविहीन हरियो डलरका लोभीहरूको जयजयकार कहाँसम्म होला यही धर्तीमा छौँ हामी पनि ? तिम्रा हालको मिलाई जनतालाई भ्रम छर्ने हतियार सत्य सावित बन्न सक्दैन ।
राजा र कांग्रेस घाँटी जोडिएको छ भनेर भन्दा डराइएन ? देश जति सबै नरेश भन्दा डराइएन ? नेपाली सबै पञ्च भन्दा डराएर भागिएन ? २०६४ सालतिर मताधिकार प्रयोग गर्दा दूरबीनले हेरिन्छ घाँटी रेटिन्छ भन्दा भागिएन, तर्साउन पर्दैन । बर्सेनि पार्टी सर्नेहरूको जमघट त हो तिम्रा कार्यकर्ता ? कोही कांग्रेसले कारबाही गरेका, कोही एमालेले नपत्याएका, कोही माओवादीले निष्कासन गरेका यस्तै–यस्तैको जमात हैन र ? यसो वरिपरि हेरौँ त गत निर्वाचनमा अन्य दलबाट टिकट नपाएर त्यहाँ रुँदै रुँदै पुग्नेहरू कति होलान् ? कांग्रेसमा रस आउँदासम्म चुसेर पछि कांग्रेस नै खराब देख्ने स्वर्णिम वाग्लेहरूजस्ताको जमात त्यही छ कि प्रधानमन्त्री हुने लोभमा कतै कुदिसके ?
त्यसैले ऐना बूढानीलकण्ठतिर र गुण्डुतिर भन्दा वरिपरि नै हेरौँ न– सानेपा, च्यासल र पेरिसडाँडातिर देखाउनु भन्दा कालकोठरीमा बस्ने आफूतिर नि हेरौँ त ? घण्टीघर द्वारिका नगरी अनि रवि लामिछाने र बालेन श्रीहरिका अवतार होइनन् ?
डर र धम्कीसँग डराउने छैनौँ – राजालाई बम हान्ने दुर्गानन्द झा र मदन भण्डारीका चेला जीवित छन् अझै पनि – राजालाई त श्रीपेच फुकालेर मैदानमा उत्रिए हुन्छ भन्ने मदन भण्डारीका चेला जीवित छन् । तिम्रा त्रास र धम्की फगत पानीका फोकाहरू हुन् । गुरु गँुड र चेला चिनी बनेर छोडिनेछ – हार्दिक अभिवादन !!!
पोख्रेल नेकपा एमाले गण्डकी प्रदेश कार्यालयका सचिव हुन्










जलाउने र ठग्नेको मिलाई
१ करोड ६८ लाखमा भवन निर्माण
धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
दलको प्याट्रोनिङ राज्यले गरोस् !
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया