‘नेपाली कांग्रेससँग अब विशेष महाधिवेशनमा जानुबाहेक विकल्प छैन’

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले आगामी पुस २७ र २८ गते नै विशेष महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरूले यस्तो माग राखेका हुन् ।
पार्टीको पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी अघि बढाएका छन् । सोही योजना अनुसार पुस २७ र २८ गतेका लागि काठमाडौंको भृकुटीमण्डपस्थित सभाहल समेत बुकिङ गरिसकिएको नेताहरूले जानकारी दिएका छन् ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले पछिल्लो ‘जेनजी’ आन्दोलन र त्यसले पैदा गरेको नयाँ राजनीतिक परिवेशमा अहिलेकै नीति र नेतृत्वबाट पार्टी अघि बढ्न नसक्ने निष्कर्ष निकालेका छन् । आगामी निर्वाचनमा सशक्त ढंगले प्रस्तुत हुनका लागि पनि विशेष महाधिवेशन अपरिहार्य रहेको उनीहरूको तर्क छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेता देवराज चालिसेले पार्टीको नियमित महाधिवेशन टरेकाले अब विशेष महाधिवेशनको विकल्प नरहेको बताए । ‘नेपाली कांग्रेससँग अब विशेष महाधिवेशनमा जानुबाहेक अन्य कुनै संवैधानिक वा साङ्गठनिक बाटो बाँकी छैन,’ उनले भने ।
कार्यक्रममा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा पार्टी केन्द्रले कार्यकर्ताको भावना बुझ्ने विश्वास व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई पूर्ण विश्वास छ– पुस २७ र २८ गते विशेष महाधिवेशन सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी पार्टीको केन्द्रीय नेतृत्वले पूरा गर्नेछ ।’









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया