विद्यार्थीलाई कपडा

समाधान संवाददाता २०८२ पुष १८ गते १४:५५

पोखरा ।
स्वान्त सुखाय परोपकार संस्थाले जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो पोशाक वितरण गरेको छ । विद्यालयका नर्सरी र कक्षा १ का २७ जना बालबालिकालाई टिसर्ट सहितको ट्रयाकसुट सेट वितरण गरिएको हो ।

Advertisement


विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद बास्तोलाले बढ्दो जाडोको मौसममा वितरण गरिएको स्कुलको पोषाक सहितको न्यानो कपडाले बाबुनानीको स्वास्थ्यमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


सामुदायिक विद्यालयमा भौतिक लगायत आवश्यक संरचना र योग्य शिक्षक भए पनि शैक्षिक गुणस्तर कायम हुन नसकेको बताउँदै त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थीको सामुहिक प्रयासको खाँचो औंल्याए ।

Advertisement


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सीता काफ्ले भण्डारी, प्रधानाध्यापक अर्जुन कँडेल, शिक्षक तुलसी गिरी लगायतले बालबालिकालाई पोषाक वितरण गरे ।


सो संस्थाले पोखरा विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा विपन्न वर्गका बिरामीलाई उपचार सहयोग, बालश्रम न्यूनीकरणका लागि विद्यालय सञ्चालन गरेर ७० जना बालबालिकालाई पठनपाठनमा जोड दिँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया