फूलबारीको प्रगति टोल विकास संस्थामा गुप्ती गुरुङ

पोखरा ।
पोखरा महानगरपालिका–११ स्थित प्रगति टोल विकास संस्थाको अध्यक्षमा गुप्ती गुरुङ सर्वसम्मत निर्वाचित भएकी छन्। संस्थाको शनिबार सम्पन्न १६औं साधारणसभा तथा नवौं अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट संस्थाको उपाध्यक्षमा सावित्री घिमिरे, सचिवमा सरस्वती लामिछाने अम्गाई, कोषाध्यक्षमा लक्ष्मी अधिकारी र सहसचिवमा जमुना गौतम चयन भएका छन्।
यस्तै, कार्यसमिति सदस्यहरूमा मुना रेग्मी पौडेल, सिर्जना थापा, गंगा बराल पौडेल र विद्या श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक केशवप्रसाद अम्गाईले जानकारी दिए। निर्वाचन मण्डलको सदस्यमा सूर्य क्षेत्री र हरिचन्द्र सापकोटा रहेका थिए।
यसअघि साधारणसभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं प्रगति टोल महिला समूहकी संस्थापक पार्वती वाग्लेले टोलको विकासमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गरिन्। उनले नयाँ नेतृत्वलाई टोलवासीको भावनाअनुसार काम गर्न सुझाव दिइन्।
कार्यक्रममा संस्थाकी अध्यक्ष डाल्डादेवी भुजेलले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष सरस्वती लामिछाने अम्गाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। दुवै प्रतिवेदन सभाले पारित गरेको छ।
कार्यक्रममा टोलभित्रका १६ जना ज्येष्ठ नागरिकलाई खादा, माला र मायाको चिनोले सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वअध्यक्षहरूको तर्फबाट अम्बिका ढुंगाना र सल्लाहकारहरूको तर्फबाट केशवप्रसाद अम्गाईले शुभकामना मन्तव्य राखेका थिए। अध्यक्ष भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तत्कालीन सचिव सावित्री घिमिरेले र स्वागत उपाध्यक्ष गुप्ती गुरुङले गरेका थिए।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया