पोखरा महानगरको कृषि र व्यवसाय प्रवर्द्धन कार्यालय सभागृहमा सर्यो
समाधान संवाददाता
२०८२ पुष २० गते १८:४५

पोखरा । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतका कार्यालयहरू स्थानान्तरण भएका छन्। महानगरले कृषि विकास शाखा तथा व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयलाई पोखरा सभागृह परिसरमा सारेको हो।
यसअघि पोखरा महानगरपालिका–७ जनप्रिय मार्गमा रहेका यी कार्यालय अब सभागृहबाट सञ्चालन हुनेछन्। महाशाखाले आइतबार सूचना जारी गर्दै कार्यालय सरेको जानकारी गराएको हो।
महाशाखा प्रमुख मनहर कडरियाका अनुसार सोमबार (२१ पुस) देखि नयाँ स्थानबाट नियमित सेवा प्रवाह हुनेछ। उनले कार्यालय स्थानान्तरणको क्रममा सेवाग्राही तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति क्षमा माग्दै अबदेखि सभागृह परिसरबाट सेवा लिन आग्रह गरेका छन्।
सम्बन्धित








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया