तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल

पोखरा । प्रधानाध्यापक नियुक्तिका लागि तानातान भइरहेका बेला पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयमा संगीता पोखरेल ले जिम्मेवारी पाएकी छन् ।
पोखरा महानगर शिक्षा महाशाखाबाट औपचारिक पत्र प्राप्त भएपछि मंगलबार उनको पदस्थापन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । यसअघि बसेको व्यवस्थापन समितिको बैठकले पोखरेललाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघि विद्यालयले राहत दरबन्दीका शिक्षक विष्णुप्रसाद दाहाललाई प्रधानाध्यापकको जिम्मेवारी दिएपछि चौतर्फी आलोचना भएको थियो । त्यसअघि डिल्लीराम बराल प्रअ थिए । विद्यालयमा समय कम दिने, सामाजिक र व्यक्तिगत काममा व्यस्त रहने गरेको भन्दै बराललाई हटाएर दाहाललाई नियुक्ति गरिएको थियो । तर बरालले आफूलाई हटाउनुपर्नाको कारण र आधार माग्दै पोखरा महानगरको शिक्षा महाशाखा र जिल्ला शिक्षा समन्वय इकाइ गुहारेका थिए । नियम कानुननले बराल नै प्रअ भए पनि विद्यालयमा भने दाहाल नै प्रअका रुपमा प्रस्तुत थिए । नियम कानुनले राहत र करारका शिक्षकलाई प्रअका रुपमा चिन्दैन ।
यही विवादपछि विद्यालयले निमावि तृतीय श्रेणीकी स्थायी शिक्षिका पोखरेललाई नेतृत्व सुम्पेको हो ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानाध्यापक पोखरेलले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताइन् । बालविकासदेखि कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा करिब ३ सय ५० विद्यार्थी अध्ययनरत छन् ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया