प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन

पोखरा । प्रजातन्त्रका सेनानी एवं पोखराका अग्रज समाजसेवी कर्णशंकर पालिखेको निधन भएको छ । पोखराको ज्ञानमार्ग निवासी पालिखेको ९६ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो ।
उनको पार्थिव शरीरको बुधबार नै पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको छ । पालिखेका छोराहरू नरेशशंकर र दिनेशशंकरले दागबत्ती दिए । त्यसअघि निवासबाट सुरु भएको शवयात्रामा सहभागी हुँदै पोखरेलीहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा पालिखेले जीवनको अन्तिम समयसम्म पोखराको शैक्षिक तथा सामाजिक उन्नयनमा योगदान दिएका थिए । पोखरामा शैक्षिक संस्था स्थापना र उद्योग वाणिज्यको क्षेत्रमा ‘पालिखे परिवार’ को विशिष्ट पहिचान छ । पालिखे चोकका चार दाजुभाइमध्ये कर्णशंकर कान्छो थिए । उनका दाजुहरू दयाशंकर, ओमशंकर र प्रदीपशंकरले पनि पोखराको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले लामो समय पुस्तक व्यवसायसमेत सञ्चालन गरेका थिए ।
पालिखेकी श्रीमती गणेशकुमारीको यसअघि नै निधन भइसकेको छ । उनका दुई छोरा नरेशशंकर र दिनेशशंकर तथा दुई छोरी विमला र सविता छन् ।









प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
हाफ म्याराथनको उपाधि गुरुङलाई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया