निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मंसिर ९ गतेदेखि सुरु भएको गोष्ठी मधेस प्रदेशको जनकपुरमा पुगेर सकिएको हो ।
संघीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष हुने गोष्ठी यसपटक निर्वाचन सुरक्षामा केन्द्रित थियो । जनकपुरमा आयोजित समापन समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउन कटिबद्ध रहेको बताए । उनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना–२०८२’ कार्यान्वयनमा ल्याएको छ । यस्तै, ‘निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि, २०८२’ स्वीकृत भई कार्यान्वयनको चरणमा छ । सोहीअनुसार नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० म्यादी प्रहरी (निर्वाचन प्रहरी) छनोट प्रक्रिया अघि बढाएको छ ।
यसपटकको निर्वाचन सुरक्षामा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ३४ हजारको हाराहारीमा सशस्त्र प्रहरी खटिँदैछन् ।
सुरक्षा चुनौतीका आधारमा मतदानस्थललाई तीन तहमा वर्गीकरण गरिएको छ । नेपाल प्रहरीले २ हजार ८ सय ४५ मतदानस्थललाई सामान्य, ४ हजार ४ सय ४२ वटालाई संवेदनशील र ३ हजार ६ सय ८० मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ ।









अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय
कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया