चिल्ड्रेन नेपालको शिविर

समाधान संवाददाता २०८२ माघ १ गते १३:१६

पोखरा । चिल्ड्रेन–नेपाले विपन्न परिस्थितिका बालबालिका र तिनका परिवारको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा २ सय ५० जनाभन्दा बढी बालबालिका तथा महिलाले सेवा लिएका छन् ।

Advertisement


मणिपाल शिक्षण अस्पताल र नेपाल अर्बुद रोग निवारण संस्था (कास्की शाखा)को प्राविधिक सहयोगमा आयोजित शिविरमा रोटरी क्लब अफ पोखरा भ्याली र नेपाल स्वयंसेवी रक्तदाता समाजले सहकार्य गरेका थिए । कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले संस्थाको काम र शिविरको उद्देश्यबारे प्रकाश पारे । उनले संस्थाले बालबालिकाको अधिकार, शिक्षा र संरक्षणका साथै उनीहरूको परिवारको स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिँदै आएको जनाए ।


शिविरमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर पहिचानका लागि भिआइए टेस्टका साथै अत्याधुनिक एचपिभी डिएनए जाँचसमेत गरिएको थियो । कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकसहित १५ जनाको टोलीले जाँच गरेको थियो ।

Advertisement


शिविरमा बालबालिकाको स्वास्थ्य जाँचका साथै आवश्यक औषधीसमेत निःशुल्क वितरण गरियो । सो अवसरमा रोटरी क्लब अफ पोखरा भ्यालीका संस्थापक अध्यक्ष जनपुकार मुनाकर्मी, इलेक्टेड प्रेसिडेन्ट नवीन बराल, मणिपाल अस्पतालका चिफ लाइजन अफिसर कृष्णमोहन श्रेष्ठ, नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय कोषाध्यक्ष दिनेशशंकर पालिखे र कास्की सभापति प्रेमबहादुर भुजेल, संस्थाका कार्यक्रम अधिकृत रमेश सुवेदी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया