राजनीतिक सन्देश एसएमएस प्रकरणमा एनसेलको ध्यानाकर्षण

समाधान संवाददाता २०८२ माघ १ गते १४:१८

पोखरा । एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा राजनीतिक सन्देश प्रसारण भएको घटनाप्रति एनसेलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एनसेलले उक्त अनधिकृत एसएमएस आफ्ना ग्राहकलाई प्रसारण नभएको स्पष्ट गरेको छ।

Advertisement

घटनाको समीक्षा र सम्भावित जोखिमको मूल्याङ्कनपछि, एसएमएस प्रसारण गर्ने कम्पनीसँग साझेदारी गरेको भ्यालु एडेड सर्भिस कम्पनी ‘आकाश टेक’लाई सचेत गराइएको एनसेलले जनाएको छ। दूरसञ्चार सेवाको अनधिकृत प्रयोग वा राजनीतिक उद्देश्यका लागि हुने दुरुपयोगप्रति कम्पनीले शून्य सहनशीलताको नीति अपनाउँदै आएको पनि एनसेलको भनाइ छ।

एनसेलले प्रचलित कानून, नियम, नैतिक मापदण्ड तथा ग्राहकको डाटा गोपनीयता उल्लङ्घन गर्ने कुनै पनि सामग्रीका लागि आफ्ना सेवाको प्रयोग कडाइका साथ निषेध गरिएको जनाएको छ। सूचना सुरक्षा र डाटा गोपनीयताका लागि आईएसओ २७००१ र आईएसओ २७७०१ मान्यता प्राप्त गर्ने नेपालकै पहिलो दूरसञ्चार कम्पनीका रुपमा एनसेलले उच्चतम मापदण्ड कायम गर्दै आएको दाबी गरेको छ।

Advertisement

कम्पनीका अनुसार ग्राहकको व्यक्तिगत डाटा सुरक्षित राख्न प्राविधिक, सञ्चालनगत तथा सम्झौतागत सुरक्षात्मक व्यवस्था लागू गरिएको छ। ग्राहकको डाटा कुनै पनि अनधिकृत उद्देश्यका लागि साझा नगरिने र दुरुपयोग हुन नदिइने एनसेलले स्पष्ट पारेको छ।

Advertisement

तपाईको प्रतिक्रिया