कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु

समाधान संवाददाता २०८२ माघ ३ गते ६:४७

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

Advertisement

हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि चिसोयामका कारण स्थानीय वायुको प्रभाव देखिएको छ । महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ भने पहाडी तथा हिमाली भेगमा मौसम मुख्यतया सफा रहेको छ ।

शनिबार (आज) दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भने हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

Advertisement

राति पनि तराईका केही स्थानमा हुस्सु कायमै रहनेछ । राति कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस

Advertisement

तपाईको प्रतिक्रिया