कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उत्तम पौडेलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मंगलबार ड्यामसाइटस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो मनोनयन पत्र पेस गरेका हुन् । पौडेलको उम्मेदवारीको प्रस्तावकमा योगेन्द्रबहादुर केसी र समर्थकमा दिपेन्द्र पोखरेल रहेका छन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग बोल्दै पौडेलले सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डा लिएर आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनीसँगै रास्वपाका नेता तथा कार्यकर्ताहरूको समूह बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । कास्की २ मा रास्वपाले उत्साहका साथ आफ्नो सक्रियता बढाएको छ ।
निर्वाचन आयोगले आज मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ताका लागि समय निर्धारण गरेको थियो । कास्कीका ३ वटै क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले उत्साहका साथ मनोनयन दर्ता गराइरहेका छन् । क्षेत्र नम्बर २ मा अन्य प्रमुख दलका उम्मेदवारहरूसँगै पौडेलले पनि कडा प्रतिस्पर्धा गर्ने देखिएको छ ।







कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया