
जोमसोम ।
हिमाली जिल्ला मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई कारवाही गर्दा ७ लाख ६१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि कात्तिक २४ गतेसम्ममा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेलाई कारवाही गर्दा उक्त रकम संकलन भएको हो ।
मुस्ताङका डिएसपी सूर्यबहादुर बोगटीले मुस्ताङमा सवारी र्दुघटना न्यूनीकरण गर्न तथा मापासे र प्रयोजन विपरीत सवारी चलाउनलेलाई कारवाही प्रक्रिया गरिएको बताए । साउनदेखि कात्तिक २४ गतेसम्ममा ५ सय ३२ वटा सवारी साधनलाई कारवाही गर्दा ५ लाख ७५ हजार ५ सय राजस्व संकलन भएको छ ।
चालु वर्षको ४ महिनामा प्रयोजन विपरीत सवारी चलाउने ९३ सवारी साधनलाई कारवाही गर्दा १ लाख ८६ हजार राजस्व उठेको छ । मापासे गरी सवारी चलाउने १ जनालाई कारवाही गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङले कात्तिकको २४ दिनमा मात्रै प्रयोजन विपरीत सवारी चलाउने ५६ वटा सवारीसाधनलाई कारवाही गर्दा १ लाख १२ हजार राजस्व उठाएको छ । चालु वर्षको साउनमा ७५ वटा सवारी साधनलाई कारवाही गर्दा ७१ हजार ५ सय, भदौमा १ सय ६ सवारीलाई कारवाही गर्दा ९० हजार ५ सय, असोजमा १ सय ८१ वटा सवारीलाई कारवाही गर्दा २ लाख ९ हजार र कात्तिक महिनाको २४ गतेसम्म १ सय ७० सवारीलाई कारवाही गर्दा २ लाख ४ हजार ५ सय राजस्व संकलन भएको हो ।
यसअघि २०७७/०७८ देखि२०८०/०८१ सम्ममा जिल्ला ट्राफिक कार्यालय मुस्ताङले१ करोड ४३ लाख ४३ हजार राजस्व संकलन गरेको थियो । जसअन्तर्गत प्रयोजन विपरीत सवारी चलाउने ३ हजार २४९ वटा सवारीलाई कारवाही गर्दा ३७ लाख ९३ हजार ५ सय संकलन भएको थियो ।
अन्य कारवाहीमा १२ हजार १ सय ९७ वटा सवारी साधनलाई कारवाही गर्दा १ करोड ५ लाख ३ हजार राजस्व संकलन भएको थियो । राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक सहज हुँदै जान थालेपछि मुस्ताङमा ट्राफिक निगरानीलाई कडाइका साथ कार्यान्वयनमा ल्याईएको छ ।
म्याग्दी हुँदै मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले ओभर स्पीड, ओभरटेक, सडकको अवस्था, सवारी जाँच गरी यात्रा र सडकको जहाँ पायो, त्यही सवारी पार्किङ गरेर फोटो खिच्ने लगायतलाई व्यवस्थित गर्दै पर्यटकको यात्रा सहज बनाउन क्रियाशील रहेको डिएसपी बोगटीले उल्लेख गरे ।
सवारी साधन चलाउँदा सडकको अवस्था अध्ययन तथा बुझेर सवारी चलाउन र सवारी र सडकको नियम पालना गर्न प्रहरीले अनुरोध गर्ने गरेको छ । प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक कार्यालयले चालक तथा सहचालकसँग १ मिनेट कार्यक्रम र पर्यटक तथा यात्रुसँग २ मिनेट कार्यक्रम सुरुवात गरेको छ । मुस्ताङ भित्रिदै गरेका सवारी साधनलाई लेंक लाग्ने समस्या (अच्टिच्युड)का बारेमा जानकारी गराएर सुरक्षित यात्रा गर्न सुझाउने गरिएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







सर्वोदय माविको ७४औं वार्षिकोत्सव
पोखरा विमानस्थलको २ अर्ब बेरुजु ठेकेदारकै भुक्तानीबाट कट्टा हुने
जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया