प्रेस युनियनले बुझायो ज्ञापनपत्र

समाधान संवाददाता, पोखरा
निस्कासित पत्रकारको पुनर्वहाली र पत्रकार ओम हमाललाई रिहा गर्न माग गर्दै नेपाल प्रेस युनियन कास्कीले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् ज्ञापनपत्र बुझाएको छ ।
युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले बुधबार प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
प्रजिअ केसीले पत्रकारले बुझाएको ज्ञापनपत्रलाई जस्ताको त्यस्तै केन्द्रमा पठाउने प्रतिबद्धता जनाए । युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले सरकार पत्रकारमैत्री नभई तानाशाही प्रवृत्ति देखाएको बताए । युनियन कास्की अध्यक्ष नवीन सिग्देलले नेपालका सबै पत्रकारलाई जेल हालेर देश चलाउन सरकारलाई चेतावनी दिए ।
रेडियो नेपालबाट निष्काशित पत्रकारलाई तत्काल पुनर्वहाली गर्न यसअघि पटक पटक दबाब दिँदै आए पनि व्यवस्थापन पक्षले कुनै सुनुवाइ नगरेकाले केन्द्रीय समितिको निर्देशनमा बुधबार देशभरबाट ज्ञापनपत्र बुझाइएको हो ।





भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया