क्रान्तिकारी कम्युनिस्ट पार्टीमा विक्रमको नेतृत्व

पोखरा ।
मोहन वैद्यको नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशनको पूर्वसन्ध्यामा कास्कीको एकता सम्मेलन भएको छ ।
सम्मेलनले सचिव विक्रम थापाको नेतृत्वमा सर्वसम्मत रुपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीको ३३ सदस्यीय कमिटी निर्माण गरेको छ । कमिटीको सहसचिव भीम श्रीससहित २५ पूर्ण, ३ सिट खाली राख्दै ५ वैकल्पिक सदस्य निर्वाचित भएको एकता महाधिवेशन आयोजक समितिका सदस्य नारायण अधिकारीले जानकारी दिए ।
पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश नम्बर ४का इञ्चार्ज हरिभक्त कँडेल (प्रतिक)ले उद्घाटन गरेको सम्मेलनमा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश नम्बर ४ का संयोजक चिन्तामणि पौडेल (प्रवाह) पार्टीका सचिवालय सदस्यहरु केशबहादुर परियार र रामजी थापा (अरुण) एकता महाधिवेशन आयोजक समितिका सदस्यहरु सिद्धार्थ, निश्चल, मन, जनवर्गीय संगठन तथा मोर्चा संगठनको तर्फबाट सुशीला थापा, प्रदेश सल्लाहकार पूर्ण ढुंगाना, बुद्धिजीवी हेमन्त, सम्मेलन आयोजक कमिटीका संयोजक आकाश गौतम लगायतले कम्युनिस्ट पार्टीहरुको एकताको बारेमा बोलेका थिए ।
कार्यक्रममा कलाकारहरु काजी गाउँले, सुशीला थापा, सुजन थापा, जुना थापा लगायत कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (मशाल) र हेमन्तप्रकाश ओलीले नेतृत्व गरेको नेकपा (बहुमत)ले पार्टी एकीकरण गरी मंसिर १३देखि २३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्न लागेका छन् ।
महाधिवेशन समितिका सदस्य अधिकारीले ‘राष्ट्रिय एकता महाधिवेशन भव्य रुपमा सफल पारौं ! नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद तर्फ अगाडि बढौं’ भन्ने नाराका साथ हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए ।









मतदाता संख्या १ करोड ८९ लाख
लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया