दोर्णराज स्मृति अक्षयकोष घोषणा, पत्रकारलाई पुरस्कृत गरिने

पोखरा ।
पोखराका स्थापित व्यवसायी एवं समाजसेवी स्वर्गीय दोर्णराज अधिकारीको स्मृतिमा उनको परिवारले अक्षयकोष स्थापना गरेका छन् । अधिकारीको १३ औं दिनको पुण्य तिथिमा अक्षयकोषको घोषणा गरिएको हो ।
बस व्यवसायीका रुपमा आफ्नो पहिचान बनाएर विभिन्न प्रतिष्ठानमा संलग्न अधिकारी परिवारलाई स्वर्गीय दोर्णराजले २०३३ सालदेखि नै यातायात व्यवसायमा प्रवेश गराएका थिए । अहिले उनको परिवार जगदम्भा ट्राभल्स, शुभजगदम्भा ट्राभल्स, मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स लगायतका प्रतिष्ठानबाट नेपाल र भारतमा यातायात सेवा प्रवाहमा सकृय छ ।
बुबाले परिवारलाई यातायात व्यवसायीका रुपमा स्थापित गराएरको मात्र नभएर गण्डकी क्षेत्रको यातायात व्यवसायको विकास र बिस्तारमा ठूलो योगदान दिनु भएको छ भन्दै जेठा छोरा धर्मराज अधिकारीले बुवालाई जिवन्त राखिराख्न अक्षयकोष स्थापना गरिएको बताए ।
सो अक्षयकोषको सञ्चालन पृथ्विराज मार्ग बस व्यवसायी कम्पनीले गर्ने समझदारी भएको छ । सो कोषबाट हरेक वर्ष एक जना पत्रकारलाई सम्मान गरिने अधिकारीले बताए । यातायात व्यवसायी यातायात मजदुर र सेवाग्राहीको पक्षमा कलम चलाउने एक जना पत्रकारलाई हरेक बर्ष सम्मान गर्ने गरी कार्यविधि बनाएर अक्षयकोष चलाइने अधिकारीले बताए ।
अधिकारी परिवारले बुबाको १३ औं दिनको पुण्य तिथिका अवसरमा बिउ पुजीका रुपमा पृथ्विराज मार्ग बस व्यवसायी कम्पनीका अध्यक्ष योगेन्द्र केसीलाई ५० हजार रुपैया नदग हस्तान्तरण गरे । आगामी दिनमा अक्षयकोषमा रकम थप्दै जाने घोषणा गर्दै आगामी वर्षदेखि नै पत्रकारलाई पुरस्कृत गरिने बताए ।
अक्षयकोषको बिउपुजी बुझ्दै कम्पनीका अध्यक्ष केसीले यस क्षेत्रको यातायात व्यवसायको विकासका लागि अविस्मरणीय योगदान पुराउनु भएका दोर्णराज अधिकारीको स्मृतिमा स्थापित अक्षयकोष स्थापना हुँदा सिङ्गो यातायात क्षेत्र गौरवान्वित भएको बताए ।
स्वर्गीय अधिकारीका धर्म केशव दामु र बुद्धि गरी ४ भाइ छोरा छन् । चारै जना यातायात व्यवसायमा आवद्ध छन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया