स्टेप वाई स्टेप माविमा खेलकुद प्रतियोगिता

समाधान संवाददाता २०८१ मंसिर ६ गते ११:३६

पोखरा ।
स्टेप बाई स्टेप मावि मासबार पोखराको चालु शैक्षिक सत्र २०८१को वार्षिक खेलकुद प्रतियोगिता बुधबार सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहप्रचार्य दीपक गिरी र विद्यालयका कोर्ओडिनेटर सूर्यप्रसाद लम्सालले ब्यानरमा हस्ताक्षर गरी बेलुन उडाई त्रिदिवसीय खेलकुद प्रतियोगिताको उद्घाटन गरे ।

Advertisement


बुधबार सम्पन्न सिनियर छात्र फुटबलमा मार्कोनी हाउस प्रथम हुन सफल भएको थियो भने ग्यालिलियो हाउस द्वितीय भएको थियो । जुनियर छात्र फुटबलमा न्युटन हाउस प्रथम र आइन्सटाइन हाउस द्वितीय हुन सफल भएका थिए । त्यसैगरी छात्रा फुटबलमा आइन्सटाइन हाउस प्रथम र मार्कोनी हाउस द्वितीय भएका थिए भने छात्रा भलिबलमा न्युटन हाउस प्रथम हुन सफल भएको थियो भने मार्कोनी हाउस द्वितीय भएको थियो ।


प्रतियोगिताको पहिलो दिन क्रिकेट, टेबल टेनिस, म्युजिकल चियार, चम्चा दौड, बेलुन फुटाई, १०० मिटर दौड, २०० मिटर दौड, मिठाई दौडका प्राराम्भिक चरणका खेलहरु पनि सम्पन्न भएका थिए ।


विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालयले स्वास्थ्यका लागि खेल भन्ने उद्गारलाई मनन गर्दै विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट स्वास्थ बनाउन सकिने कुरामा जोड दिए । विद्यालयका सहप्रचार्य दीपक गिरीले नेपालीले आफूलाई खेलकुद मार्फत विश्वका धेरै ठूला सम्पन्न देशलाई समेत पछाडि पारी नेपाललाई परिचित बनाउन सफल भएको सुनाए ।


विद्यालयका कोर्ओडिनेटर सूर्यप्रसाद लम्सालले समेत आफ्ना भनाइहरु राखे । विद्यालय प्रांगणका साथै मालेपाटन खेलकुद मैदानमा प्रतियोगिताका खेलहरु सञ्चालन गरिएको थियो ।

Advertisement

प्रतियोगितामा विद्यालयका खेलकुद शिक्षक इच्छा घलेको संयोजकत्वमा विभिन्न शिक्षकहरुद्वारा खेलहरु खेलाउने र प्रतियोगितामा खेलका विभिन्न चरणहरु तीन दिनसम्म सञ्चालन भई ७ गते शुक्रबार सम्पन्न हुने प्रतियोगिताका सह—संयोजक शिक्षक रामचन्द्र शर्माले जनाएका छन् ।

तपाईको प्रतिक्रिया