माछापुच्छ्रे गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

समाधान संवाददाता २०८१ मंसिर ७ गते ५:४९

पोखरा । कास्कीको माछापुच्छ्रे  गाउँपालिकाले छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबार भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाकोे आयोजनमा भएको प्रतियोगिता उद्घाटन गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले गरे । उनले मानिस खेलका माध्यमबाट स्वास्थ्थ,सुखी र समृद्ध बन्न सक्ने, खेलले बालबालिकाको शारिरिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भूमिका रहने बताए ।

Advertisement

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेलक्षेत्रमा गुणात्मक प्रगति गर्नको लागि गाउँपालिकाले आगामि दिनमा अझै रचनात्मक कार्यक्रमलाई अगाडि बढाउने विश्वस व्यक्त गरिन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण अर्यालले गत वर्ष जसरी यस वर्ष संघीय सरकार बाट सहयोग नरहेता पनि खेलकुदलाई प्राथामिकतामा राखेर पालिकाको आर्थिक लगानिमा यस खेललाई निरन्तरता दिएको बताए । प्रतियोगितामा सहभागि विद्यालय साथै विधार्थीहरुलाई सहभागिताका लागि धन्यबाद समेत व्यक्त गरे ।

वडा न.२ का अध्यक्ष एवं प्रवक्ता गणेश आर्चायले राष्टिय नेतृत्वमा रहेका नेताहरुको विभिन्न भ्रष्टचारका समाचारहरु आउदा यस्ता खेलकुदका माध्यम साथै अन्य क्षेत्रमा भविष्य खेजिरहेका युवाहरुमा निराशा छाएको बताए ।

वडा न.९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षेत्रीले खेलमा हारजित त भइहाल्ने भन्दै खेल मर्यादित, अनुशासित र लगनशिल भएर खेल्न खेलाडीहरु आग्रह गरे ।

Advertisement

बिहीबार भएको खेलमा मार्च पासतर्फ प्रथम सागर मेमोरियल बोडिङ स्कुल, द्वित्तीइ शुक्ला गण्डकी मावि, तृतीय सारदा मावि भएको छ।

पुरुष १५०० मि. दौडमा प्रथम माछापुच्छ्रे मा.विका अनुप नेपाली, द्वित्तीय निश्पक्ष मा.विका नविन वि.क , तृतीय उदय मा.विका कुशल नेपाली भए । महिला १५०० दौडमा प्रथम बराह मा.वि की पूर्णिमा नेपाली, द्वितीय उदय मा.विकी सरस्वती भण्डारी , तृतीय महेन्द्र माविकी सम्झना अधिकारी भए ।

पुरुष ४०० मि. दौडमा प्रथम शुक्लागण्डकी मा.विका पृतम परियार , द्वित्तीय बराह मा.विका रोहित परियार, तृतीय महेन्द्र माविका अरुण परियार भए । महिला ४०० मिटर दौडतर्फ प्रथम पृथ्वीनारायण माविकी विनीता विक, द्वित्तीय बराह माविकी विपना अधिकारी र तृतीय शुक्लागण्डकी माविकी दिपिशा पोखरेल भए ।

पुरुष १०० मि. दौडमा ज्ञानज्योति बोर्डिङ स्कुलका एलन शाही प्रथम, पृथ्वीनारायण मा.विका आविष्कार वि.क द्वित्तीय र शुक्लागण्डकी मा.विका अद्धितीय भारती तृतीय भएका छन् । महिला १०० दौडतर्फ सागर मोमोरियल बोर्डिङ स्कुलकी सन्ध्या लम्साल प्रथम, शुक्लागण्डकी माविकी प्रतिज्ञा पोखरेल द्वित्तीय र निश्पक्ष माविकी एलिना लामिछाने तृतीय भए ।

लङजम्प महिलातर्फ महेन्द्र माविकी कुसुम नेपाली प्रथम, शुक्लागण्डकी माविकी प्रतीक्षा पोख्रेल द्वित्तीय र निश्पक्ष माविकी एलिना लामिछाने द्वित्तीय भए ।

नृत्यतर्फ प्रथम सागर मेमोरियल बोडिङ स्कुल, द्वित्तीय उदय मावि र तृतीय वराह मावि रहेको छ ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा न.९का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षेत्रीले र सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सम्झना पोखरेलले गरिन् ।

मंसिर ६ गते देखि ८ गते सम्म लाहाचोक महेन्द्र मा.विको खेल मैदान मा सञ्चालन हुने रनिङ शिल्ड प्रगियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता छ ।

तपाईको प्रतिक्रिया