व्यवसायीलाई यतीमा छुट

पोखरा ।
यती एयरलाइन्सले पोखरा चेम्बर अफ कमर्स कास्कीका सदस्यलाई हवाई भाडामा १० प्रतिशत छुट दिने भएको छ । त्यसका लागि दुबै पक्षबीच सहमति पत्रमा हस्तास्क्षर भएको छ ।
चेम्बरको तर्फबाट अध्यक्ष उमराज बास्तोला र एयरलाइन्सको तर्फबाट पोखरा कार्यालयका प्रमुख राम लामिछानेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । पोखरा चेम्बरका अध्यक्ष बास्तोलाले संस्थाले उद्योगी, व्यवसायीको हकहितका अलवा सदस्यको सेवा, सुविधाको लागि विभिन्न योजना ल्याएको बताए ।
यती एयरलायन्स पोखरा प्रमुख लामिछानेले व्यवसाय प्रवद्र्धनका क्रममा विभिन्न पेशागत संघ, संस्थासँग सम्झौता गरी हवाई यात्रामा छुटको व्यवस्था गरेको जानकारी दिए । पोखरा चेम्बरले नेपाल मणिपाल शिक्षण अस्पताल पोखरासँग स्वास्थ्य परीक्षण योजनामा सहमतिसमेत गरेको छ ।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका निवर्तमान अध्यक्ष यमनाथ पौडेल, उपाध्यक्ष श्यामकुमार मल्ल, महासचिव गोकर्ण अधिकारी, सचिव सीमा कोईराला यतीले ल्याएको योजनाका बारेका बोलेका थिए ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया