कर सप्ताहका अवसरमा कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको अन्तरक्रिया

पोखरा । कोअपरेटिभ म्यानेजर्स क्लब, कास्कीको आयोजनामा बिहीबार ‘सहकारी र कर कानून’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । सो अवसरमा करसम्बन्धी अभिमुखीकरण समेत भएको छ ।
आन्तरिक राजस्व कार्यालय, पोखराको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रमको उद्घाटन राजस्व कार्यालय, पोखराका प्रमुख शिव शर्माले गरेका थिए ।
पहिलो सेसन तालिममा राजस्व कार्यालय पोखराका कर अधिकृत सनु काफ्लेले प्रशिक्षण दिएका थिए । यसैगरी, आईक्यानका अध्यक्ष सिए लक्ष्मण अधिकारी एनएफआरएस सम्बन्धी प्रशिक्षण दिए ।
कोअपरेटिभ म्यानेजर्स क्लबका संस्थापक अध्यक्ष मीलन ढकालले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, पोखराका प्रमुख शिव शर्माले ‘कर प्रणालीको सार, लगानीको आधार’ राष्ट्रिय कर दिवस–२०८१ तथा कर सप्ताह अवसरमा विविध कार्यक्रम भइरहेको बताए । उनले अन्तरक्रियामा उठेका जिज्ञासाको समाधान गरेका थिए ।
कोअपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष मोहनप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद अधिकारीले स्वागत मन्तव्य र संचालन सचिव शंकरप्रसाद पौडेलले गरेका थिए ।
तालिममा विभिन्न सहकारीका व्यवस्थापन प्रमुख तथा लेखा अधिकृत गरी करिब ६० जनाले भाग लिएका थिए ।









धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
दलको प्याट्रोनिङ राज्यले गरोस् !
जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया