बालिकालाई यौन कार्यमा लगाउने ३ युवती पक्राउ

पोखरा । पोखराको एक होटेलका कोठामा बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले बिहीबार राति ३ युवतीलाई पक्राउ गरेको छ । ४ जना बालिकालाई कोठाहरुमा राखी बाध्य तुल्याई यौनशोषण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले ती बालिकाको उद्दार गरेको हो ।
प्रहरीले गोरखाको पालुङ्टार गा.पा. वडा नं.४ स्थायी घर भई हाल लेकसाइड बस्ने १९ वर्ष ममता तामाङ, मकवानपुर बाग्मती गापा वडा नं.८ स्थायी घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ७ कपन बस्ने २३ वर्षे रिना तामाङ र
पूर्वी नवलपरासी मध्यबिन्दु न.पा. वडा नं.१० स्थायी घर भई हाल लेकसाइड बस्ने बर्ष अन्दाजी १९ की जस्मिन ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उद्दार गरिएका बालिकाहरुहरुसँग बुझ्दा ललाई फकाई राम्रो होटलमा काम लगाइदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुबिधा छ भन्ने विश्वासमा पारी कोठा बाहिर समेत निस्किन नदिई पर पुरुष व्यक्तिहरुसंग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा दिन (पाँच) ५ म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको डिएसपी वसन्तकुमार शर्माले बताए ।
तपाईको प्रतिक्रिया