वडा बालमञ्च वादविवाद प्रतियोगितामा जनप्रिय माविकी कञ्चन विक प्रथम

पोखरा । पोखरा महानगरपालिका ८ नम्बर वडा बाल मञ्चको आयोजनामा भएको सामाजिक मिडिया समाजका लागि हानिकारक नभई लाभदायक बिषयमा वादविवाद प्रतियोगितामा जनप्रिय माविकी कञ्चन विक प्रथम भएकी छन् ।
त्यसै गरी सृजना माविकी सपना शर्मा द्वितीय, लक्ष्मी आवासीय माविकी सृष्टि आचार्य तृतीय र राम आधारभूत विद्यालयका मिसन मगर सान्त्वना भए ।
प्रमुख अतिथि प्रतियोगिताको वडा अध्यक्ष रुद्रनाथ बरालले बालबालिकाको चौतर्फी विकासमा वडा कार्यालय सधैं सहकार्य गर्न तत्पर रहेको बताए ।
वडा सदस्य पवित्रा केसीले वडा नं. ८ एक सार्वजनिक विद्यालय र १० वटा निजी विद्यालय रहेको जानकारी दिँदै सबैलाई सहभागी गराउन नसके पनि ६ विद्यालयका ११ जना विद्यार्थी प्रतियोगितामा सहभागी भएको बताइन । उनले वडाका बालबालिकाको अतिरिक्त क्रियाकलाप सम्बन्धी कार्यक्रमहरु वडास्तरीय बाल मञ्चलाई नै जिम्मा दिने बताइन् ।
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. नवराज न्यौपानेले विद्यार्थीहरुलाई विभिन्न प्रतियोगितामा सहभागी गराउँदा पढाइको साथै अन्य क्षेत्रमा पनि सक्षम हुने बताए ।
श्रीराम आधारभूत विद्यालयका प्रधानाध्यापक तीर्थराज न्यौपानेले अहिले बालबालिकाहरु मोबाइल बिना कुनै पनि काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै मोबाइलमा सामाजिक मिडियालाई विद्यार्थीहरुले कसरी चिन्ने र अरुलाई के चिनाउने प्रयास यस प्रकारका कार्यक्रमले टेवा पुग्ने बताए ।
निर्णायकमा साहारा आधारभूत विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारी, अधिवक्ता सुस्मा पौडेल र पोखरा महानगरपालिका सामाजिक शाखाकी बेलकुमारी गुरुङ थिए ।
बालमञ्चका अध्यक्ष सुशान न्यौपाने, सचिव समिप सापकोटाले सञ्चालन गरेका थिए भने स्वागत उपाध्यक्ष कृष्मा गिरीले गरेकी थिइन ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया