पोखराको चुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति बनाइने
समाधान संवाददाता
२०८१ मंसिर ९ गते १३:२०
गण्डकी ।
पोखरा महानगरपालिका–२८चुत्राकोटमा एक सय आठ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति स्थापना हुने भएको छ । वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार मूर्तिका लागि संघ सरकारबाट रु एक करोड विनियोजन भएको छ ।
मूर्ति स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र मूर्तिसहितका अन्य संरचनाका निर्माणका लागि रु ३८ करोड लाग्ने अनुमान गरिएको उनले बताए । उक्त स्थलमा उद्यानलगायत संरचना पनि निर्माण गरिने छ । मूर्ति निर्माण गर्न पशुपति क्षेत्र विकास कोष, भारतीय राजदूतावाससँग परामर्श जारी रहेको उनले जानकारी दिए ।
पोखरा महानगरपालिका– २८ का चुत्राकोट, चिन्तेको डाँँडा, ठूलाकोट, नौरुङलाई समेटेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना सुनाउँदै उनले त्यसका लागि रु ७४ करोड खर्च हुने बताए ।
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया