पोखरा एभेन्जर्सलाई स्वागत

समाधान संवाददाता २०८१ मंसिर १० गते ११:३३

पोखरा ।
नेपाली सिनियर क्रिकेट टोलीका ओपनर ब्याड्सम्यान तथा अलराउन्डर, पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई पोखराको स्टेप बाइ स्टेप माविले स्वागत तथा सम्मान गरेको छ ।

Advertisement

आइतबार विद्यालयमा एक कार्यक्रम आयोजन गरी भुर्तेलसहित पोखरा एभेन्जर्सको टिमलाई विद्यालयले आउँदो पहिलो संस्करणको नेपाल प्रिमियर लिगका लागि शुभकामना दिएको हो ।


भुर्तेलले विद्यालयको क्रिकेट अभ्यास मैदान उद्घाटन गर्दै एनपिएलमा पोखराको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताए । उनले विद्यालयले खेलकुदलाई पनि विशेष प्राथमिकतामा राखेको बताउँदै यस स्टेप बाइ स्टेपका विद्यार्थीमा मार्की खेलाडी बन्न सक्ने क्षमता रहेको उल्लेख गरे ।


विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले एनपिएलमा गण्डकी प्रदेशको प्रतिनिधित्व गरेको पोखरा एभेन्जर्सलाई जितको शुभकामना दिए । उनले विद्यार्थी पठनपाठनसँगै खेलकुदमा पनि उत्तिकै सहभागी हुन आवश्यक रहेको जनाए ।


विद्यालयका सहप्राचार्य दीपक गिरीले विद्यार्थीमाझ क्रिकेटको ज्ञान र रुचि बढाउन कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया