क्रिकेटर रचनालाई सिद्ध माविको सम्मान

समाधान संवाददाता २०८१ मंसिर १० गते १२:१०

पोखरा । पोखरा महागरपालिका वडा कार्यालय १५ ले क्रिकेट खेलाडी रचना चौधरीलाई ३४ हजार नगदसहित सम्मान गर्ने भएको छ । वडाध्यक्ष तोरणबहादुर बानियाँले आगामी पुसमा हुने वडा खेलकुद महोत्सवमा उनलाई ३४ हजार नगद तथा सम्मानपत्रले सम्मान गर्ने जनाए ।

Advertisement

पोखरा १५, फलेपाटनस्थित सिद्ध माविले चौधरीको सम्मानमा आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै वडाध्यक्ष बानियाँले सो घोषणा गरेका हुन् । उनले वडाको एक मात्र सामुदायिक विद्यालय सिद्धले खेलकुदका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिरहेको बताए ।

विद्यालय प्रधानाध्यापक गुरुदत्त कोइरालाले नेपाली यू–१९ महिला क्रिकेट टिमबाट गण्डकी प्रदेशबाट छनोट भई पहिलोपटक आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएकी चौधरीलाई बधाई तथा सम्मान गरेको बताए । कक्षा ११ मा अध्ययनरत चौधरीले छोटो समयमै क्रिकेट खेलमा प्रगति गरेको र परिवार, समाज, विद्यालयर गण्डकी प्रदेशकै इज्जत राखेको उनको भनाइ थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर आलेले रचनाको प्रगति लोभलाग्दो भएको जनाए ।

पोखरा १५ गलेश्वरचोक निवासी १७ वर्षीया चौधरीले क्रिकेट खेल्नका लागि विद्यालय र वडा कार्यालयले सहज वातावरण निर्माण गरेको र खेलकुदका आवश्यक सामग्री प्रदान गरी आफ्नो क्रिकेट खेलमा टेवा पु¥याएकोमा आभार व्यक्त गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया