टिभिएस आइक्युब २.२ किलोवाट–आवर भेरियन्ट स्कुटर पोखरामा सार्वजनिक

समाधान संवाददाता २०८१ मंसिर १० गते १२:३८

पोखरा । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबको २.२ किलोवाट–आवर भेरियन्ट पोखरामा सार्वजनिक गरेको छ । सिटी स्क्वायर ब्याङक्युट न्युरोडमा आयोजित क्षेत्रीय उद्घाटन कार्यक्रममा पोखरा क्षेत्रका ग्राहकहरूको लागि थप किफायती तथा उत्कृष्ट प्रविधि भएको इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको हो ।

Advertisement

नयाँ भेरियन्टको लन्चसँगै टिभिएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । २.२ किलोवाट–आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २ ला ९९ हजार ९ सय रुपैयाँ छ । जसले इभी स्कुटरलाई अझ पहुँचयोग्य बनाएको विश्वास गरिएको छ ।

पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता स्कुटरको विशेषता रहेको कम्पनीले जनाएको छ । पावर अफ चोइस अन्तर्गत ग्राहकलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अपसनहरु छन् । पूर्ण एसुरेन्स अन्तर्गत सवारी सुरक्षा र फुल ओनरशिप अनुभव रहेको छ भने प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरु छन् ।

लन्च कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने, ‘नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २।२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।’

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले आफ्नो विचार राख्दै भने, ‘टिभिएस आईक्युबसँगको गत एक वर्षको हाम्रो सफल यात्रा सफल छ । टिभिएस आईक्युब २।२ किलोवाट–आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्नेछ । हाम्रो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ हामी यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध छौं । नेपाली ग्राहकवर्गका लागि दुई पाङ्ग्रे ईभी अझ पहुँचयोग्य भएको छ ।’

Advertisement

नयाँ टिभिएस आईक्युब २।२ किलोवाट–आवर भेरिएन्टको बुकिङ टिभिएस बुकिङ भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया