१ अर्ब बराबरको म्युचुअल फण्ड इकाई बिक्री गर्दै मुक्तिनाथ क्यापिटल

पोखरा । मुक्तिनाथ क्यापिटल लिमिटेडले पहिलो म्युचुअल फण्ड सञ्चालनको तयारी गरेको छ । आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने गरी बन्दमुखी प्रकृतिको १० वर्षे अवधिका लागि मुक्तिनाथ म्युचुअल फण्ड १ नाम रहने गरी क्यापिटलले योजना सञ्चालन गर्न लागेको हो ।
योजना सञ्चालनका लागि पूँजी संकलन गर्ने उदेश्यले क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई मंसिर २० गतेदेखि विक्री खुला गर्दैछ । विक्रीमा आउन लागेको कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैँकलाई र २ प्रतिशत दरको २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरीएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
छिटो अवधि मंसिर २४ गतेसम्मका लागि विक्री मिति तय भएको यी इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । छिटो अवधि मंसिर २४ गतेसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि पुस ४ गतेसम्म विक्रीमा रहने जानकारी योजना व्यवस्थापकले दिएको छ । बिक्री खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई विक्री भएमा मात्र बाँडफाँट गर्नुपर्ने व्यवस्था छ ।
तोकिएको न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्था समेत रहेको छ । यी इकाई निष्कासन तथा विक्री प्रबन्धकमो जिम्मेवारी पनि मुक्तिनाथ क्यापिटल लिमिटेडकै रहेको छ । इकाई खरीदका लागि लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा सेवाका लागि अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयसँगै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सहिने व्यवस्था रहेको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया