‘बिर्सनलाई सकिनँ नानी’ बजारमा
समाधान संवाददाता
२०८१ मंसिर ११ गते १६:३२

पोखरा ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र कलाकार आरके गुरुङको प्रस्तुति रहेको गीत ‘बिर्सनलाई सकिन नानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार आरके युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो बजारमा आएको हो ।
गीतमा आरके गुरुङ, शीतल गुरुङ, सरिता सारु मगर र सुनिमा गुरुङले स्वर दिएका छन् । लय आरके गुरुङ, शब्द सीताराम परियार र एरेन्ज सुदीप सागरको छ । प्रिज्म डिजिटल स्टुडियोमा कमल सिञ्जाली र गोविन्दले रेकर्ड तथा मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।
सात मुहाने तमु समाजको घर र सिकाली चौरमा गीतको भिडियो छायांकन गरिएको हो । दीप गुरुङले निर्देशन गरेको भिडियोमा अञ्जु गुरुङ, जुना गुरुङ, आनन्द गुरुङ र मनोज गुरुङले अभिनय गरेका छन् ।
सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया