आइसिसी प्रतिनिधिले गरे पोखरा रंगशालाको क्रिकेट मैदान निरीक्षण
समाधान संवाददाता
२०८१ मंसिर १२ गते ४:३४

पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधिहरुले पोखरा रंगशालास्थित पोखरा क्रिकेट खेल मैदानको निरीक्षण भ्रमण गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहित पोखरा आएको आइसिसीको टोलीले सन् २०२७ मा हुने महिला विश्वकपका लागि पोखरा रंशगालाको क्रिकेट खेल मैदान निरीक्षण गरेको हो ।
टोलीमा आइसिसीका सिनियर म्यानेजर रोहित पोदार र एसिया रिजनका डेभलप्मेन्ट म्यानेजर मोहमद इमान्युल इस्लाम छन्
आइसिसी टोलीले पोखरा क्रिकेट खेल मैदानमा प्रतियोगिता गराउन तयार रहे पनि विश्वकपका लागि आवश्यक पूर्वाधारका लागि सरकारका तर्फबाट निर्माणको प्रतिवद्धता खोजेको छन् ।
पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले टोली संग भेट गरी महानगरको तर्फबाट गर्नुपर्ने कार्यका लागि आफू तयार रहेको प्रतिवद्धता जाहेर गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया