सिभिलको एन्युटी डिपोजिट निक्षेप

समाधान संवाददाता २०७६ भदौ २३ गते १५:०९

समाधान संवाददाता, पोखरा

सिभिल बैंकले नेपालमै पहिलोपटक एन्युटी डिपोजिट निक्षेप योजना ल्याएको छ । पोखरामा आइतबार बैंकले उक्त योजना सार्वजनिक गरेको हो ।

एन्युटी डिपोजिट योजना अन्तर्गत निश्चित समय तोकेर समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्ने बैंकका गण्डकी प्रदेश प्रमुख समीर केसीले बताए । उक्त रकम आफूले चाहेको समयमा एकमुष्ठ प्राप्त गर्न सक्ने प्रमुख केसीले सुनाए ।

Advertisement

न्यूनतम मौज्दात १ हजारबाट सुरु गर्न मिल्ने सिभिल एन्युटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थिर रहने केसीले जानकारी दिए । ‘बचतकर्ताको इच्छाअनुसार यो खाता १ भन्दा बढी खोल्न सकिन्छ,’ उनले भने ।

एन्युटी डिपोजिट निक्षेप योजना अन्तर्गत आवश्यक परेमा ३ महिनापछि बन्द गर्न मिल्नुका साथै मौज्दात रकमको ६० प्रतिशतसम्म ऋण निकाल्न मिल्ने बैंकका लेखनाथ शाखाका म्यानेजर हरिकृष्ण आचार्यले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया