तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण

पोखरा ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो ।
मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली र पूर्वाधार कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीसँग कामकारबाहीको ब्रिफिङ लिए । निमित्त प्रमुख ओलीले कर्मचारी अभाव भएकाले निकै प्रेसरमा काम गर्नुपरेको सुनाए । ट्रायल सेन्टर बनाउन डुम्रे बजार नजिकै ५ रोपनी व्यक्तिगत जग्गा दिन स्थानीय तयार रहेको उनले जानकारी गराए । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ५ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।
ब्रिफिङपछि मन्त्री केसीले ट्रायल परीक्षामा कुनै अनियमित गतिविधि हुन नदिन चनाखो रहन प्रमुख ओलीलाई निर्देशन दिए । व्यक्तिले दान गर्ने भनेको जग्गाबारे राम्रोसँग बुझ्नुपर्ने मन्त्री केसीले बताए । `जग्गा दान गर्नेको केही स्वार्थ छ वा केही छैन भने बुझ्नू । राज्यलाई हानी हुने कुनै स्वार्थ देखिए त्यो छोड्दिनू,´ उनले भने, `त्यस्तो केही नभए जग्गा कसरी प्रदेश सरकारको नाममा ल्याउने भन्ने काममा लाग्नू ।´
यातायात कार्यालयका निमित्त प्रमुख रविन्द्र तिवारीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १४.३६ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । कार्यालयमा चालु आर्थिक वर्षमा एक अर्ब ४२ करोड १२ लाख ८ हजार रुपैयाँ विनियोजन भएको छ । त्यसमध्ये २० करोड ४० लाख ९१ हजार रुपैयाँ खर्च भएको उनले बताए । कार्यालयमा चालु आर्थिक वर्षमा १ सय ७९ वटा योजना परेको छ । कुल योजनामध्ये ४० वटा आयोजनाको बोलपत्र आह्वान हालसालै गरिएको र केही योजनाको प्रक्रियामा रहेको निमित्त प्रमुख तिवारीले बताए ।
मन्त्री केसीले बाँकी योजनाको बोलपत्र आव्हानको काम पनि छिटो गर्न निर्देशन दिए । काम गर्ने क्रममा समस्या भए मन्त्रालयमा खबर गर्न, जनताले दु:ख पाउने काम नगर्न मन्त्री केसीले आग्रह गरे ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया