भारतबाट पोखरा विमानस्थलमा आयो पहिलोपटक जहाज

समाधान संवाददाता २०८१ मंसिर १३ गते १९:४३

पोखरा । भारतको नयाँ दिल्लीबाट आएको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलपटक ओर्लिएको छ । युरोपेली कम्पनी जेल एयरको सिंगल इन्जिन निजी जेट विमान बिहीबार पोखरा आएको हो ।

Advertisement

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार चालक दलका सदस्यसहित ४ यात्रु लिएर विमान बिहीबार साँझ पौने ६ बजे बजे पोखरा विमानस्थलमा उत्रेको हो ।

आज राति पोखरामै बसेर उक्त विमान शुक्रबार बंगलादेश जाने तय भएको छ ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान अहिलेसम्म हुन सकेको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया