गण्डकी प्रदेशमा प्रिमियम ब्रान्डका एसोसरिज खरिदकर्ता व्यवसायीलाई स्कुटर उपहार

समाधान संवाददाता २०८१ मंसिर १५ गते १८:२६

पोखरा । प्रिमियम ब्रान्डका एसोसरिजहरुको गण्डकीका लागि आधिकारिक विक्रेता डिएचएन इन्टरप्राइजेजले आफ्ना ग्राहक व्यवसायीलाई लक्ष्य गरी लक्की ड्र मार्फत् ४ वटा स्कुटर वितरण गरेको छ । स्कुटरहरु १ लाख भन्दा बढी मूल्यका एसोसरिजहरु किनेका व्यवसायीहरुलाई लक्की ड्र मार्फत् वितरण गरेको हो ।

Advertisement

यो सिजनको स्कुटर विजेताहरुमा स्याङ्जाको राङ्खोला स्थित रिहानन मोबाइलका सुकुर अलिमिया, भिमादको ए टु जेड मोबाइलका उत्तम सुवेदी, एन्जिला मोबाइल वेगनासतालका सन्दिप तिमिल्सिना, दुलेगौंडाको पुन मोबाइलका सञ्चालक हेमराज पुनले स्कुटर जितेका छन् । लक्की ड्र विजेताहरुलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, निवर्तमान अध्यक्ष पवन प्रजापती र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र नेपाल मोबाइल वितरक संघ केन्द्रीय कार्यालयका वरिष्ठ उपाध्यक्ष शिवराज पहारीले हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्वोधन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले वर्तमान अवस्थामा व्यवसायीकै उत्प्रेरणाका लागि डिएचएन इन्टरप्राइजेजले व्यवसायीलाई स्कुटर उपहार दिनु आफैमा उत्कृष्ठ कार्य भएको धारणा राखे । अहिले व्यवसायी धरासायी भइरहेको प्रसँग उल्लेख गर्दै यस्ता खालका कार्यहरुले व्यवसायमा उत्प्रेरणा थप्ने पनि उनको भनाई थियो ।

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान तथा सिटिवान टेलिभिजनका अध्यक्ष पवन प्रजापतीले डिएनएनले प्रविधिलाई आम जनमानसमा लैजाने काम गरेको धारणा राखे । उनले आम जनमानसको चाहनालाई ध्यान दिँदै नया नया प्रविधि र गुणस्तरीय एशोसरिजहरु वितरणमा कुनै कन्जुस्याई नगर्न पनि अनुरोध गरे ।

लक्कि ड्र कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दुर्गा सिंहले रोजगारी सुजना गर्न यस्ता खालका एशोसरिजहरुको कम्पनी नेपालमै खोल्न अनुरोध गरिन् । उनले स्वरोजगारका लागि अहिलेको प्रविधियूक्त समय उत्तम रहेको समेत धारणा व्यक्त गरिन् ।

Advertisement

डि एच एन ईन्टरप्राईजेजका संचालक विनोद केसीका अनुसार लक्की ड्र कार्यक्रममा सवै भन्दा उत्कृष्ठ व्यवसायीलाई लक्कि ड्र मार्फतनै बिजेता ब्यबसाइहरुलाइ गिफ्ट ह्याम्पर सहित सम्मान पनि गरिएको हो । महेन्द्रपुल स्थित विक्की ट्रेडर्स, स्याङजा गल्याङ्को लाङ्घाली मोवाईल, पोखरा स्थित विपी चोकको धौलागिरी मोवाईल, भिमाद स्थित ए टु जेड मोवाईल, महेन्द्रपुल पोखराकै आर्यन मोवाईल, स्याङ्जा स्थित संसार मोवाईल, महेन्द्रपु मोवाईल टावर स्थित मेरो डिजिटेक र दुलेगौडाको पोख्रेल मोवाईललाई उत्कृष्ठ विक्रिेताका रुपमा पुरस्कृत समेत गरिएको थियो । 

डिएचएन इन्टरप्राइजेजका सञ्चालक विनोद केसीका अनुसार व्यवसायमा नाफा घाटा जे भएपनि आफ्नो मातहत र कम्पनीका प्रोडक्ट विक्रि गर्ने ग्राहकहरुलाई पुरस्कृत गर्दै व्यवसायीक वातावरण वनाउने धारणा राखे । उनले आफ्नो कम्पनीका एशोसरिजहरु अन्यको तुलनामा वढी टिकाउ र मुल्यमा पनि सहज भएको दावी समेत गरे । स्वागत मन्तव्य राख्दै सञ्चालक केसीले प्रिमियमका एशोसरिजहरु ढुक्कले खरिद गर्न पनि सवैलाई अनुरोध गरे ।

कार्यक्रममा प्राईड एक्स्पोर्ट ईम्पोट प्रालिले  ल्याएको के एक्स डि ब्रान्ड नया एन्ड्रोइड मोबाइल समेत लन्चिङ्ग गरिएको थियो । नया मोबाइलको मूल्य र फिचर पनि उत्कृष्ट रहेको प्राइडका बजार प्रमुख राजेन्द्र विष्टले जानकारी दिए ।

कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघ कास्कीका अध्यक्ष उदयबहादुर केसी, पोखरा इलेक्ट्रोनिक व्यवसायी संघ कास्कीका अध्यक्ष नारायण सुवेदी, प्राइड ईम्पोट एक्स्पोर्ट प्रालिका बजार प्रमुख राजेन्द्र विष्ट र विज्ञान तिमिल्सिना लगायतले बलेका थिए ।

तपाईको प्रतिक्रिया