पालिकाले चाहेर पनि सहयोग गर्न सकेन
पोखरा ।
अपांगता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जीवन पद्धति केन्द्र (सिआइएल) पोखराको १६ औं वार्षिक साधारण सभा भएको छ । साधारण सभासँगै संस्थाको सामाजिक परीक्षणसमेत गरिएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्यले सामाजिक संघ, संस्थाले दातृ निकायको मन जितेर बजेट ल्याएर काम गरेको बताए । उनले वडा कार्यालयले चाहेर पनि केही गर्न नसकेको उल्लेख गरे ।
संस्थाले अपांगता भएका व्यक्तिको जीवनस्तर सुधारमा काम गरेको उल्लेख गर्दै उनले सामाजिक संघ, संस्थाका लागि अवसर र चुनौती दुबै भएको चर्चा गरे । उनले राम्रो काम गर्ने संस्थालाई धेरै अवसर भएको बताए ।
स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले कानुन बनाएर व्यवस्थित गर्न सके अपांगता भएका व्यक्तिको अधिकार स्थापित हुने जानकारी दिए । ‘संस्थाले अपांगतासम्बन्धी प्रादेशिक ऐन तर्जुमाका लागि मोबीलिटी इन्टरनेसनल युएसएसँगको साझेदारीमा काम गरेको छ,’ उनले भने, ‘प्रस्तावित ऐनको मस्यौदा बनाएर गण्डकी प्रदेश सरकारलाई बुझाएका छौं । ऐन जारी भएपछि पनि कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम गर्नु आवश्यक छ ।’
उनले सीमित स्रोत र साधनका बाबजुद संस्थाले लक्षित समूहलाई सेवा प्रदान गरेको बताए । संस्थाका महासचिव अञ्जना केसीले केन्द्रले अपांगता भएका व्यक्तिको क्षेत्रमा काम गर्ने ११ संघ, संस्थाको क्षमता विकासका लागि कार्यक्रम गरेको जानकारी दिइन् । लक्षित समुदायको उद्यमशीलता विकासका लागि च्याउ खेतीको सहयोग गर्ने उल्लेख गर्दै उनले उत्पादन भएका सामग्री बजारीकरणका लागि सहजीकरण गर्ने बताइन् ।
कार्यक्रममा केन्द्रका प्रोग्राम म्यानेजर दिनेश अधिकारी, वित्त संयोजक पूजादेवी कोइराला, सञ्चार अधिकृत कञ्चन पाण्डे लगायतले अपांगता अधिकारको क्षेत्रमा संस्थाले गरेका गतिविधिबारे बोलेका थिए ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया