‘राज्यका सबै निकायमा समानुपातिक सहभागिता आवश्यक’

समाधान संवाददाता २०८१ मंसिर १७ गते १८:१४

पोखरा । अखिल नेपाल महिला संघ जिल्ला कमिटी कास्कीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा महिला हिंसा र कानुन विषयमा अन्तक्र्रिया गरेको छ ।

Advertisement

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य कृष्ण थापाले पार्टीको जनसंगठनको रुपमा रहेको अनेमसंघको पहलमा राज्यका निकायमा महिलाको सहभागिता सुनिश्चित भएको बताए । उनले महिलाको सशक्तिकरण र नेतृत्व विकासमा संघले ध्यान दिएको उल्लेख गरे ।

अनेमसंघका स्थायी कमिटीका सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य देवका पहारीले महिला संघको लगानी र प्रयासले राज्यका निकायमा महिलाको ३३ प्रतिशत सहभागिताको व्यवस्था भएको जानकारी दिइन् । उनले महिलालाई आयआर्जनमा जोड्ने, उद्यमी बनाउनेदेखि नयाँ पुस्तालाई संगठनमा जोड्ने योजना सुनाइन् ।

नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सिर्जना शर्माले २०६३ साल जेठ १६ गते तत्कालीन बेलामा अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष एवं निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको सार्वजनिक महत्वको प्रस्तावलाई संसदले सर्वसम्मत रुपमा परित गरेपछि राज्यका निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित भएको जानकारी दिइन् ।

उनले संघीय गणतन्त्र घोषणा भएपश्चात पुनस्र्थापित संसदबाट आमा र बाबु दुबैको नामबाट नागरिकता प्राप्त गर्ने, महिलासँग सम्बन्धित विभेदकारी कानुनको खारेज गर्ने लगायतका महिला अधिकारको सवालमा महत्वपूर्ण संकल्प प्रस्ताव परित गरेको स्मरण गराइन् । ‘हरेक राजनीतिक आन्दोलन र राष्ट्र निर्माणमा महिलाको योगदान छ,’ उनले भनिन्, ‘तर पनि कानुनमा व्यवस्था भए अनुसारको महिला सहभागिता सुनिश्चित गर्न आनाकानी भएको छ ।’ उनले महिला माथिको विभेद, शोषणका अन्त्य गरी समुन्नत समाज निर्माणको लागि १६ दिने अभियानले नपुग्ने तर्क गरिन् ।

Advertisement

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका निर्देशक नीतु गड्तौलाले महिलाविरुद्धको हिंसाको अवस्था, कानुनी प्रावधान र सरोकारवालाको भूमिका विषयमा कार्यपत्र पेस गरिन् । उनले नेपालको संविधान २०७२ आमाको नाममा नागरिकता प्राप्त गर्ने सवालमा २०१९ भन्दा बाधक भएको दाबी गरिन् । कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, पोखरा महानगरकमिटीका अध्यक्ष जीवनप्रसाद आचार्य, अनेमसंघ कास्कीका कार्यवहाक अध्यक्ष उषा बरुवाल, सचिव बिनु गुरुङ लगायतले लंैगिक हिंसा न्यूनीकरणको बारेमा बोलेका थिए ।

‘हामी सबैको प्रतिबद्धता, लैैंगिक हिंसा अन्त्यको लागि एक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धका १६ दिने अभियान गरिएको छ । अनेमसंघले ‘महिला हिंसा बिरुद्ध संघसँगै भन्ने नाराका साथ अभियान गरेको छ ।

तपाईको प्रतिक्रिया