पञ्चासेमा पर्यापर्यटन मेला

पोखरा ।
पर्यटकीय, धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण पञ्चासे क्षेत्रको जैविक विविधता संरक्षण र आध्यात्मिक पर्यापर्यटनका लागि मेला आयोजना गरिएको छ ।
पञ्चासे फाउन्डेसन, पञ्चासे इको टुरिजम र पञ्चासे वन संरक्षण क्षेत्र कार्यक्रम मुल इकाइ परिषद् कास्की, स्याङजा र पर्वतको आयोजनामा मेला भएको हो । कार्यक्रममा सुनाखरी तथा जैविक विविधताको विषयगत अनुसन्धानमा आधारित पञ्चासे दर्पण विमोचन गर्नुका साथै वन्य जन्तु तथा जैविक विविधता संरक्षणको प्लेकार्डसहित धार्मिक तीर्थाटन पर्यावरणीय पदयात्रा गरिएको पञ्चासे फाउन्डेसनका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले पञ्चासेलाई जैविक विविधता र वन्यजन्तुको संरक्षणको अलवा सुनाखरी अध्ययन अनुसन्धानको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए । विकासका साझेदार र स्थानीय समुदायको तर्फका वन्यजन्तुको चोरी, शिकारीलाई रोक्न पहल भएको उल्लेख गर्दै उनले वातावरणमैत्री भौतिक पूर्वाधारको निर्माण र हरेक संरक्षण अभियानमा स्थानीय तहले चासो र चिन्ताका साथ काम भएको जानकारी दिए ।
पञ्चासे वन संरक्षण क्षेत्र कार्यक्रम कास्की इकाइ अध्यक्ष शिव घलेले कास्की, स्याङ्जा र पर्वतको संगम स्थलको रुपमा रहेको पञ्चासे बहुमुल्य सुनाखरी, लालीगुराँस, जडिबुटी र जैविक विविधताको दृष्टिले अनुपम क्षेत्र भएको बताए । उनले पञ्चासे ऐतिहासिक मठ, मन्दिर, पोखरी, खर्क तथा धर्मशालाले पर्यटकलाई लोभ्याउने ठाउँ भएको जनाए ।
पञ्चासे फाउन्डेसनका अध्यक्ष पौडेलले सडक, पुर्वाधार, जैविक विविधताको संरक्षण लगायतका सवालमा स्थानीय तहले ध्यान दिनुपर्ने माग गरे । उनले पञ्चासे क्षेत्रमा वन्यजन्तु संरक्षण पकेट क्षेत्र बनाउने लगायत संरक्षण कार्यमा केही उदाहरणीय सुरुवात भएको जानकारी दिँदै उनले हरेक संरक्षण अभियानमा स्थानीय तहहरुको सक्रियता बढेको खण्डमा पञ्चासे क्षेत्रलाई आध्यात्मिक पर्यापर्यटन र जैविक विविधता संरक्षण गर्न सकिने दाबी गरे ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया